कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अन्तर वडा स्तरिय फुटवल प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगर खेलकुद बिकास समितिको आयोजनामा अन्तर वडा स्तरिय फुटवल प्रतियोगिता मंगलवार देखि सुरु गरिएको दोधारा चाँदनी नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् । एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बिधिवतरुपमा प्रतियोगिताको उद्धघाटन गर्नुभएको छ् । ‘स्वास्थ्यको लागी, राष्ट्रको लागी खेल’ नारा सहित दोधारा चाँदनी नगरपालिका– ७ को लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा अन्तर वडा स्तरिय फुटवल प्रतियोगिता सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । फुटवल खेलको माध्यमबाट नगरपालिका र राष्ट्रलाई चिनाउने उद्धेश्यले स्थानिय सरकारले खेलकुदमा ठुलै लगानी गर्दै आएको नगरप्मुख किशोर कुमार लिम्बुले बताउनुभयो । अव्वल खेलाडी उत्पादनको लागी वर्षेनी स्थानिय सरकारले रु. ३० देखि ४० लाख सम्म बजेट बिनियोजन गर्दै आएको उहाँले बताउनुभयो । खेलाडीहरु देशको गहना भएको र देशको नाउ उच्च राख्न खेल र खेलाडीको ठुलो योगदान रहने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । साबिकको दोधारामा फुटवल खेल र साबिकको चाँदनी गाबिसमा क्रिकेट खेलको बढी क्रेज रहेको हुदा दुवै खेललाई उच्च प्राथमिकतामा राख्दै स्थानिय सरकारले बिभिन्न समयमा प्रतियोगिता तथा नगरपालिकाका बाहिर हुने प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउदै आएको नगरप्रमुख लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्रिकेट र फुटवलको उर्वरक क्षेत्र रहेको हुदा खेलको माध्यमबाट नगरको बिकास गर्न सकिनेमा आफुहरु ढुक्क भएको उहाँले बताउनुभएको छ् । अन्तर वडा स्तरिय फुटवल प्रतियोगितामा १० टिम सहभागिता रहेका छन् । प्रतियोगितामा बिजयता टिमलाई नगद धनरासी रु. ५१ हजार १ सय, ट्रफी र उप–बिजयता टिमलाई नगद धनरासी रु. ३१ हजार १ सय, ट्रफी तथा सम्मानको ब्यवस्था गरिएको छ् । अन्तर वडा स्तरिय फुटवल प्रतियोगिताको उद्धघाटन सत्रमा बोल्दै सुदुरपश्चिम प्रदेस सरकारका पुर्व भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले प्रतियोगिता सञ्चालन गरेकोमा आयोजक संस्था नगर खेलकुद बिकास समितिलाई धन्यबाद दिनुभएको छ् । प्रतियोगिताले प्रतिभाको खोजमा सहयोग पुग्ने भएको हुदा यस्ता प्रतियोगितालाई निरन्तरता दिदै जानु पर्ने उहाँको भनाई रहेको छ् । स्थानिय सरकारले खेल बिकासलाई उच्च प्राथमिकतामा राख्दै खेलकुदमा ठुलो लगानी लगाउदै आएको प्रशंसा गर्दै आगामी दिन खेलको माध्यमबाट दोधारा चाँदनी नगरपालिकालाई चिनाउनेमा आफु बिश्वस्त रहेको सुदुरपश्चिम प्रदेस सरकारका पुर्व भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले बताउनुभएको छ् । खेलकुद बिकासको लागी दोधारा चाँदनी नगरपालिकाले क्रिकेट प्रशिक्षण जारी राख्दै आएको र खेलाडीहरुको माँग बमोजिम चाडै फुटवलको प्रशिक्षण सुरु गर्ने तयारी भईरहेको दोधारा चाँदनी नगर खेलकुद बिकास समितिले जनाएको छ् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया