Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ ११ गते मङ्गलबार

सुदुरपश्चिमका ४ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि कंचनपुरका २ जना

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन भएकाे पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण सङ्क्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो ।
चारैजनाको अहिले खोजी भइरहेको प्रवक्ता कार्कीले बताए । ‘गौरिफन्टा नाकामा १६ दिनअघि कोरोना पुष्टि भएका उनीहरूले होम आइसोलेसन रोजेपछि घर जान दिइएको थियो,’ उनले भने, ‘तर उनीहरू अहिले कुन अवस्थामा कहाँ छन् भन्ने यकिन छैन, स्थानीय तहको समन्वयमा खाेजिकार्य भैरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>