दार्चुला जिल्लाको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख रहेका केशवराज ओझा कार्यालयबाट घर जाने क्रममा ढुङ्गा लागेपछि घाइते हुनुभएको थियो। घाइते भएपछि पालिकाको स्थानीय चौपाता स्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्लाको शैल्यशिखर नगरपालिका स्थित गोकुलेश्वर अस्पतालमा लगेकामा उपचारका क्रममा मृत्यु भएको दार्चुला स्थित पत्रकार हरिप्रसाद जोशीले जानकारी दिएका छन्।
पालिकाको केन्द्रबाट खर्कडा हुँदै घरतर्फ फर्किने क्रममा माथिबाट आएको ढुङ्गा लागेर उहाँ घाइते हुनुभएको थियो ।
मानिसहरू दुर्घटनामा परेपछि वा अकस्मात बिरामी भएपछि सहज छिटो छरितो अस्पताल पुर्याउन सकिँदैन। यस्तो अवस्थामा बिरामीले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको छ। यसैगरी लेकमबाट अस्पताल पुग्न पनि केही घण्टाको गाडीमा यात्रा गर्नुपर्ने अवस्था छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया