Samriddhipost
२०८२ जेठ १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १७ गते शनिबार

एउटा झोले हुँ प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनता, राष्ट्र र परिवर्तनको ‘झोले’ भएको बताएका छन्। उनले आफूले कुनै सामन्त वा गलत व्यक्तिको नभई जनताको हित, राष्ट्रको गौरव र परिवर्तनको झोला बोकेको स्पष्ट पारे।

शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा ‘झोले’ भनिनुमा आफूलाई कुनै आपत्ति नभएको सुनाए।

‘म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रको इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरवको झण्डा माथि उठाउने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हुँ,’ उनले भने, ‘मैले कुनै सामन्तको झोला बोक्या छैन। इतिहासलाई बङ्ग्याएको छैन। म नेकपा (एमाले) को झोले हुँ।’

प्रधानमन्त्री ओलीले तथाकथित आलोचनात्मक चेतका नाममा सही कुराको पनि विरोध गर्ने र खोट मात्र खोज्ने प्रवृत्ति बौद्धिक चिन्तन नभएको टिप्पणी गरे।

उनले भने, ‘सही ठम्याउन सक्ने, सहीको पक्षमा उभिन सक्ने यो आलोचनात्मक चेत भएका मान्छेहरू, ‘सो कल्ड आलोचनात्मक चेत’, तिनीहरुले तपाईंले सही आर्टिकल लेख्नुभयो भने तपाईं पनि झोले हुनुभएछ भन्दिन्छ। किनभने तपाईंले विरोध गर्नुभएन नि सही कुराको।’

उनले इतिहासलाई सही रूपमा बुझ्ने र सही बाटोमा अगाडि बढाउने काम गर्दा आफूलाई नेकपा (एमाले) को ‘झोले’ भन्दा फरक नपर्ने बताए।

प्रधानमन्त्री ओलीले थाकिसकेको राजतन्त्रको पक्षपोषण गर्ने र आफूलाई ‘रैतान’ भन्न रुचाउनेहरू चाहिँ ‘झोले’ नहुने तर जनता र राष्ट्रको पक्षमा बोल्दा ‘झोले’ भनिने प्रवृत्तिमाथि प्रश्न उठाए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र हुने निर्वाचनमा हारजितलाई स्वाभाविक रूपमा लिएर परिणाम स्वीकार गर्न र एकता कायम राख्न पनि आग्रह गरे।

उनले सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु लोकतान्त्रिक अभ्यास भएको बताउँदै पराजित हुनेले पनि सहर्ष स्विकारेर मिलेर काम गर्न तयार हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>