Samriddhipost
२०८२ जेठ १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ जेठ १८ गते आइतबार

सामाजिक विकास कार्यालयको सहयोगमा संगीतम संगम साँझ कार्यक्रम सम्पन्न

खडक बहादुर काेली/ महाकाली साहित्य संगम कञ्चनपुरले संगीतमय संगम साँझ कार्यक्रम सम्पन्न गरेको छ। भाषा, कला, साहित्य र संस्कृतिकालाई झल्काउने र बाजाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले स्थानीय बाजा संरक्षण एवं प्रवर्धन कार्यक्रम संगीतमय सङ्गम साँझ शनिबार होटल ओपेरामा विभिन्न कलाकार, कला प्रेमी, संगीत प्रेमी, देउडा प्रेम, लगायत कलाकारहरूको बाक्लो उपस्थितिमा भव्य मनोरञ्जनका साथ कार्यक्रम गरिएको महाकाली साहित्य संगमका अध्यक्ष तथा कार्यक्रमका सभापति हरिस प्रसाद जोशीले बताएका छन्। उक्त संगीतमय संगम साँझमा सुदूरपश्चिममा परापूर्वकदेखि चलि आएका विभिन्न  फाग, सगुन, बाँसुरीको धुन, बिडयी बाजा,सञ्झे गीत,  भैनी, छलिया, देउडा ,कविता ,गजल  लगायत आआफ्ना प्रतिभा  देखाएर कलाकारहरूले भरपुर मनोरञ्जन दिएर कलाकारहरू आफू र सहभागीहरूलाई रमाएकाे महाकाली साहित्य सङ्गमका सचिव वंशीधर जोशीले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण दत्त चटाैत  कान्त रहेका थिए, उनले भाषा, कला ,साहित्य र संस्कृतिका साथ साथै स्थानीय बाजा संरक्षण एवं प्रवर्द्धन गर्दै जानुपर्ने बताए। कला, गला र बाजा अगाडि बढाउनुमा स्थानीय ,प्रदेश सरकार र केन्द्रीय सरकारले समेत ध्यान दिनुपर्नेमा जाेड दिए। कार्यक्रमको सञ्चालन संगमका सचिव बंशीधर जोशीले गरेका थिए, विशिष्ट अतिथि हिरासिंह भण्डारी रहेका थिए कार्यक्रममा विभिन्न कलाकारहरूले आआफ्नो प्रतिभा देखाएका छन लक्ष्मी धामीले डोटेली गीत, चन्द्रा ऐरली ठाडो भाकाका गित, महाकाली साहित्य संगमका बझाङ शाकाकाअध्यक्ष शैलेन्द्र बहादुर सिंहले गजल, अम्बा दत्त जोशीले कविता, निर्मला जोशीले भैन,चन्द्रागिरीले सञ्झे गीत, तिलक बहादुर सिंह बिडई, सुरेश चन्द्र ठकुरीले बाँसुरी आ आफ्नो प्रतिभा देखाएर उपस्थितिहरूलाई भरपूर मनोरञ्जन गरेको थियाे। संघका अध्यक्ष हरिस प्रसाद जोशीले महाकाली साहित्य संगमले भाषा ,कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको र अहिले संगीतको क्षेत्रमा हाम्रो  परम्परागत रूपमा बजाइने बाजाहरूको संरक्षण र प्रवर्धन हुनुपर्छ , हाम्रो पूर्वजहरू बाजा बजाएर नै जीविकोपार्जन  गर्थे बाजाबाट नै व्यवसायीकरण सिप सिकेर थिए तर अहिलेका युवाहरुले बाजा नदेखिने लोभ हुँदै गएको  गाउँ ठाउँमा यस किसिमका बाजाहरुको विकास हुन नसकेकाेले युवाहरूले पनि सिक्न नसकेको उनकाे भनाई छ। महाकाली साहित्य संगमले गौरा पर्व लगायत पुराना भाषा, बाजा , साहित्य र संस्कृतिलाई उजागर गर्दै आएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>