Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार ०४ गते बुधबार

रसिलो मसिलो सार्वजनिक संस्कृति प्रवर्धनमा टेवा पुग्ने विश्वास ।

बहुप्रतिभाका धनी निजामती कर्मचारी तथा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष भन्सार कार्यालय गड्डाचौकी का लेखापाल गणेश सिंहको पहिलो लोक–डेउडा गित ‘रसिलो मसिलो (भस्सो)’ सार्वजनिक भएको छ। नेपाली मौलिकपन, सुदूरपश्चिमको संस्कार, संस्कृति र जनजीवन झल्काउने उक्त गीतमा गणेश सिंह र संगीता बडुवालको सशक्त स्वर रहेको छ।
गीतका शब्द र संगीत सुदूरपश्चिमका चर्चित सर्जक सूर्य बिरही साउँदले तयार पारेका हुन् भने भुवन प्रकाश बडूले एरेञ्ज गरेका हुन्। गीतको भिडियोमा भुपी उपाध्याय र मनिषा रावल मुख्य कलाकारको रूपमा प्रस्तुत छन्। त्यसैगरी अनिल चन्द, भिम थापा र गोविन्द ऐर सह–कलाकारको भूमिकामा देखिएका छन्। उक्त गीतलाई निर्देशक भिम थापाले निर्देशन गरेका हुन् ।
भिडियो सुदूरपश्चिम प्रदेशका विभिन्न रमणीय तथा पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ।

 ‘रसिलो मसिलो (भस्सो)’ गीत लोक–डेउडा विधामा आधारित छ, जुन सुदूरपश्चिम र मध्यपश्चिमका भेगहरूमा प्रचलित सांस्कृतिक शैली हो। यो गीतले हाम्रो मौलिकता, रहनसहन र सामाजिक व्यवहारलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। नवगायक गणेश सिंहको यस पहिलो प्रस्तुति सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र युट्युबमार्फत चर्चा पाउन थालेको छ। गीतले आम स्रोता तथा दर्शकलाई सन्देशमूलक मनोरञ्जन प्रदान गर्नुका साथै सुदूरपश्चिमेली संस्कृतिको प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। निजामती सेवा र गायन–साहित्य दुबै क्षेत्रमा उनी उत्तिकै सक्रिय छन्। गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ।

युट्युबमा सिधै हेर्नका लागि निम्नलिङ्क क्लिक गर्न सक्नुहुनेछ। https://youtu.be/KtEhE0GPWaY?si=sSLKNSSZ4BSiJ6k0

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>