Samriddhipost
२०८२ असार २० गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असार २० गते शुक्रबार

जीवनका लागि गीता ज्ञान अभियान सुरु

खडक ब. काेली/    
जीवनका लागि गीता ज्ञान अभियानद्वारा सन्चालन  भईरहेकाे जीवनका लागि गीता ज्ञान अभियानले सनातन ज्ञानको सारगिता ज्ञानलाई शिक्षा समाज र जीवनसँग जोड्दै व्यक्ति र समाजको रूपान्तरण सनातन प्रवर्तनका लागि अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता  असार १९ गते देखि शुरु भई सकेकाे  छ उक्त प्रतियोगिता  कार्यक्रममा देश र विदेशबाट गरी जम्मा १०४ जना प्रतियोगी सहभागी हुने   योगाचार्य तथा ग्लोबल एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेन्द्र राज ओझाले बताएका छन् ।      प्रतियोगिताको  प्रथम चरण  असार १९ गतेदेखि शुरु भएकाे छ भने  २२ गतेसम्म ) सन्चालन हुनेछ । प्रथम चरणको विषय शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता रहेको  थियाे भने  प्रथम चरणबाट छनोट  भएका १० जना प्रतियोगी द्रोस्रो चरणको प्रतियोगितामा समावेश गरिने छन् ।

 

दोस्रो चरणको प्रतियोगिता असार २७ गते सन्चालन गरिने छ । दोस्रो चरणको विषय उत्कृष्ट जीवनको लागि गीताको मार्गदर्शन रहेको छ । दोस्रो चरणबाट छनोट भएका  प्रथम, द्वितीय , तृतीय र चतुर्थलाई प्रमाणपत्र सहित क्रमशः २० हजार , १५ हजार , १० हजार  र  ५ हजार  पुरस्कार  प्रदान गरिने ओझाले  वताएका छन।  जीवनका लागि गीता ज्ञान अभियानद्वारा सन्चालन हुन गइरहेको यस प्रतियोगिताका लागि आचार्य देवेन्द्र घिमिरेको संयोजकत्वमा  डा. दीर्घ राज जोशी र दुर्गा न्यौपाने  सदस्य रहने गरी तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । ओझाले भने  कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न  सल्लाहकार समिति गठन गरिएको छ ।

 

सल्लाहकारमा  यस अभियानका संकल्पकर्ता डा.हरिचन्द्र कमली, डा.गोविन्द शरण उपाध्याय , आचार्य देवेन्द्र घिमिरे , डा.दीर्घ राज जोशी ,  विशेष सहयोगीहरूमा गोकुल थापा ,सानु भाइ खड्का , डा. माला खरेल र  जनक महरा रहेकाछन् । जीवनका लागि गीता ज्ञान अभियानका राष्ट्रिय संयोजक सुरेन्द्र ओझाको अध्यक्षतामा  भई रहेकाे छ भने  सन्चालन अभियानका राष्ट्रिय सहसंयोजक सुदीप पौडेलले  गरिरहेका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>