कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रमा सोमबार राति एकै रात चार वटा घरमा चोरी भएको छ। भारतसँग सीमा जोडिएको यस क्षेत्रमा लामो समयदेखि चोरीका घटना दोहोरिँदै आएका छन्।चोरीमा परेका घरहरू कालू राम चौधरी, कवि गीरी, सुकदेव गीरी र सुबाश गीरीको रहेको स्थानीयवासीहरूले जानकारी दिएका छन्। चौधरीको घरबाट एक मोबाइल, सुकदेव गीरीको घरबाट दुई मोबाइल र तिलहरी, कवि गीरीको घरबाट एक मोबाइलसहित पाँच हजार रुपैयाँ नगद तथा सुबाश गीरीको घरबाट एक मोबाइल चोरी भएको हो। स्थानीयको भनाइअनुसार चोरले घरभित्र पसेर सामग्री चोरी गरेका हुन्। भुडा क्षेत्रमा यसअघि पनि यस्ता घटना दोहोरिएको पाइन्छ। केही दिनअघि मात्रै बेलडाँडीको बैवाह बजारमा पनि पसल चोरी भएको थियो। भुडा क्षेत्रमा नेपाल प्रहरीको प्रहरी चौकी र सशस्त्र प्रहरी बल (BOP) दुवैको उपस्थिति रहे पनि चोरीका घटना रोकिएको छैन। स्थानीय बासिन्दाहरूले रातको समयमा सशस्त्र प्रहरीले नियमित ड्युटी नगर्ने गरेको आरोप लगाएका छन्। उनका अनुसार राति भारततर्फबाट मानिसहरू सजिलै नेपाली क्षेत्रमा प्रवेश गर्ने गरेका छन्, जसका कारण चोरी तथा तस्करीका गतिविधि बढेका छन्। स्थानीयहरूका अनुसार विगतका अधिकांश चोरी घटनामा भारतीय नागरिक संलग्न देखिएका छन्। तस्करीका गतिविधिमा पनि नेपाली र भारतीय तस्करहरूको मिलोमतो रहेको आरोप समेत लगाइएको छ।हाल घटनाको अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया