एक व्यक्तिले डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार राति करिब साढे ११ बजे गन्यापधुरा गाउँपालिका–३ डिलमास्थानीय ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।
हत्या गरेपछि फरार करन भाग्दै गरेको अवस्थामा शुक्रबार बिहान गन्यापधुरा–३ स्थित गोयलखेतबाट पक्राउ परेका हुन् ।
अहिले करनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया