Samriddhipost
२०८३ भदौ २९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन १८ गते आइतबार

प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट खेलाडीको नामावली सार्वजनिक

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम सम्पन्न पश्चात नामावली सार्वजनिक गरेको छ।

सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कञ्चनपुर जिल्ला फुटबल संघको समन्वयमा सुदूरपश्चिम प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट कार्यक्रम महेन्द्रनगरको खुलामञ्चमा एक कार्यक्रमका साथ साउन १५ गते बिहीबार सम्पन्न भएको थियो।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५२ जना पुरुष खेलाडीको उपस्थितिमा प्रदेश छनौट कार्यक्रम सम्पन्न पश्चात् नामावली सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराले बताउनु भयो। 

 दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार  २०८२ भदौ ३० गते देखि आश्विन ११ गते सम्म तदनुसार सन् २०२५ सेप्टेम्बर १५ देखि २७ तारिख सम्म) श्रीलंकामा सञ्चालन हुने साफ यू-१७ च्याम्पियनसिप २०२५  मा नेपाली राष्ट्रिय यू-१७ फुटबल टिमको सहभागीता जनाउने छ।
 
उक्त प्रतियोगिताका लागि संघले नेपाली राष्ट्रिय यू-१७ फुटबल टिमका खेलाडी छनौट गर्न प्रदेश स्तरीय पुरुष फुटबल छनौट गरी राष्ट्रिय टिम तयारी तथा प्रशिक्षण सञ्चालनका लागि एन्फामा आवद्ध प्रदेश फुटबल संघ तथा जिल्ला फुटबल संघहरुले आफ्नो मातहतमा रहेका १७ वर्ष मुनीका उत्कृष्ट युवा पुरुष खेलाडीहरुलाई छनौट गरी नामावली पठाएको थियो। जसमा बिहिवार सुदूरपश्चिम प्रदेश फुटबल संघले महेन्द्रनगरको खुलामञ्चमा प्रदेश स्तरीय छनौट सम्पन्न सके पश्चात् आज साउन १६ गते छनौटमा परेका उत्कृष्ट खेलाडीहरुको नामावली सार्वजनिक गरेको संघका महासचिव बोहराले जानकारी दिएका छन्।  

५२ जना खेलाडी मध्य बाट ३६ जना छनौटमा परेका खेलाडीको नामावली सार्वजनिक गरेको छ। जसमा आशिष् बोहरा, मौसम शाही, गणेश पण्डित, कृष्ण जोशी, बिनम खड्का, हेमराज सुनार, सुदिप सुनार, अर्मान तामाङ, शिवम श्रेष्ठ, मनोज साउद, गोबिन्द बिष्ट, सागर चन्द, रुद्र बहादुर बुढा, वसन्त पाल, परबिन थापा, अजय चौधरी, अजन ताम्राकार, बिकाश थापा, विशाल शाही, सुदिप सिंह, महेश राना, निमेष चौधरी, अमृत चौधरी, सम्भु ढुंगाना, दिनेश बि.क रेमो तामाङ, हरिष धामी, युकेश तामाङ, मनिश बिष्ट, युनिष तामाङ, रामबहादुर रानामगर, पासाङ लामा, साजन ताम्राकार, धिरज रावल, आर्यान नाथ र दिपेश सि.के लगायत ३६ जना खेलाडीहरु रहेका छन्।

जिल्ला र प्रदेश स्तरीय यू-१७ खेलाडी छनौट कार्यक्रम सम्पन्न भैसकेको छन्, भने केन्द्रिय स्तरिय यू-१७ खेलाडी छनौट कार्यक्रम २०८२ श्रावण २२ गते देखि २५ गते सम्म सञ्चालन हुने छ।

छनौटमा परेका खेलाडीको नामावली:

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>