महाकाली प्रादेशिक अस्पतालमा पाठेघर निकाल्ने सफल शल्यक्रिया भएकाे छ ।
४९ वर्षीया दुइ सन्तानकी आमा, विगत ३ वर्षदेखि असामान्य रूपमा महिनावारी भई अत्यधिक रगत जाने (AUB) समस्याबाट पीडित भएर नेपाल तथा भारतका बिभिन्न ठाउँहरुमा उपचार गराई उहाँलाई विभिन्न प्रकारका प्रोजेस्टेरोन थेरापी पाइसक्नु भएको, साथै उहाँले पछिल्लो २ वर्षदेखि नियमित रूपमा Sevista (Centchroman) लगायत हर्मोनजन्य औषधि प्रयोग गर्दै आउनु भएको थियो।
पछिल्लो ३ महिनादेखि लक्षणहरू refractory बनेका थिए – रगत जाने समस्या औषधिपछि पनि नियन्त्रणमा आएको थिएन।
Ultrasound जाँचमा पाठेघर सुन्निएको देखियो र endometrial thickness (ET) बाक्लो देखिएको थियो। यसका आधारमा endometrial बायोप्सी गरियो, त्यसको histopathology रिपोर्ट मा late secretory phase endometrium देखिएको थियो, कुनै malignancy वा atypia भने भेटिएन।
पटक पटक औषधि उपचार गर्दा पनि medical therapy प्रभावकारी नभएकाले र बिरामी स्वयंले पनि definitive management को इच्छा व्यक्त गर्नुभएकाले उहाँलाई पाठेघर झिक्ने शल्यक्रिया सफल रुपमा सम्पन्न गरेकाेे अस्पतालले जानकारी दिएकाे छ ।
महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा gynecologist डा. बसन्त राज जोशी र डा. सुवास राई, एनेस्थेसिया डा. कृति न्यौपाने, मे अ डा. गुरू, डा. लक्ष्मी, स्क्रब नर्स हेमा बडु, एए बिपिन मिश्र, सर्वेश यादव, फ्लोरमा रोशनी सिस्टर, नितु सिस्टर लगायतको टिमको सहभागितामा शल्यक्रिया सम्पन्न भएकाे अस्पतालले जानकारी दिएकाे छ।
अप्रेशन पछि बिरामीको अवस्था stable छ। उहाँले oral intake सुरु गर्नुभएको छ, ambulation राम्रो छ, र कुनै immediate complication नरहेकाे र
अब १-२ दिनपछि डिस्चार्ज गरिनेछ suture removal को लागि follow-up गराउने र पाठेघरकाे मासुको final HPE जाँचको report को आधारमा further plan बनाइने अस्पतालले जानकारी दिएकाे छ ।
महाकाली प्रादेशिक अस्पतालमा पछिल्लाे पटक बिशेषज्ञ डाक्टरहरुकाे परिपुर्तिले अस्पताल बाट दिईने सेवाहरु बढ्दै गएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया