नरेन्द्र महरा-
कृष्णपुर नगरपालिका–२ बाणीका उदाउँदा क्रिकेटर आदित्य महतालाई जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो संस्करणका लागि ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘सी’ क्याटेगोरीमा सूचीकृत महता अब जनकपुरको जर्सीमा आगामी सिजनमा मैदानमा देखिनेछन्।
बोली प्रक्रियामा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स दुवैले उनलाई लिने इच्छा प्रकट गरेका थिए। प्रतिस्पर्धात्मक बिडिङपछि गोलाप्रथाबाट जनकपुरले उनलाई आफ्नो स्क्वाडमा भित्र्याउन सफल भयो।
नेपाल क्रिकेट संघ (CAN) को आयोजनामा हुने एनपीएलको यस संस्करणमा देशभरका उत्कृष्ट खेलाडीहरू सहभागि हुँदैछन्। जनकपुर बोल्ट्सले यसअघि नै केही अनुभवी खेलाडीलाई अनुबन्ध गरिसकेको छ भने युवा प्रतिभामा पनि जोड दिइरहेको छ। महताको अनुबन्ध यस रणनीतिको भाग हो।
स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका महता देब्रे हातका ब्याट्सम्यान तथा देब्रे हातका स्पिनर बलरका रूपमा परिचित छन्। मैदानमा उनको शान्त तर आक्रामक खेल शैली टिमका लागि महत्वपूर्ण हुने जनकपुरका प्रशिक्षकहरूले बताएका छन्।
आदित्यको अनुबन्धको समाचारले कृष्णपुर र वरपरका क्रिकेटप्रेमीहरू उत्साहित भएका छन्। स्थानीय खेलप्रेमी भन्छन्, “यो हाम्रो क्षेत्रको लागि गौरवको कुरा हो। उनले यसैगरी खेलमा निरन्तर प्रगति गर्दै राष्ट्रिय टिमसम्म पुगून् भन्ने हाम्रो चाहना छ।” जनकपुर बोल्ट्सले पनि सामाजिक सञ्जालमार्फत महतालाई स्वागत गर्दै आगामी सिजनमा उनको योगदानप्रति उच्च अपेक्षा व्यक्त गरेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया