कैलालीमा २१ वर्षीया आमा र १० महिने छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कैलाली प्रहरीका अनुसार साउन २९ गतेदेखि बेपत्ता भएका घोडाघोडी नगरपालिका–७ की आरती डंगौरा र उनकी छोरी अनुजा नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन् ।
सुरूमा छोरीलाई झुन्ड्याएर त्यसपछि आमाले आत्महत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
दुवै शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।
माइती पक्षले आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
आरतीको दुई वर्षअघि बिहे मात्रै विवाह भएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया