Samriddhipost
२०८२ भदौ ०३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०३ गते मङ्गलबार

भीमदत्तका नगर प्रहरी इन्चार्ज जबरजस्ती करणी मुद्दामा प्रहरी नियन्त्रणमा

नगर प्रहरी इन्चार्ज बिरुद्ध प्रहरीमा जबरजस्तीकरणी मुद्दा दायर भएको छ । भीमदत्त नगरपालिका प्रहरी इन्चार्ज नगर प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बोहरा बिरुद्ध प्रहरीमा जबरजस्तीकरणी मुद्दा दायर भएको हो ।
भीमदत्त नगरकै ३२ बर्षिया एक महिलाले नगर प्रहरी बोहरा बिरुद्ध ३० साउन शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिईन । ति महिलाले दिएको जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले भीमदत्तका नगर प्रहरी इन्चार्ज बोहरालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उजुरीका आधारमा असई बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरेको बताए ।
‘उजुरीका आधारमा हामीले नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ, ‘अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप भएको छ, उजुरीमाथि बारे अनुसन्धान अघि बढेको छ ।’ केही समय अघि ति महिलाले विष सेवन गरेर घाईते भए धनगढीको एक अस्पतालमा उपचार गरेर फर्किएपछि नगर प्रहरी बोहरा बिरुद्ध आफुमाथि जबरजनस्तीकरणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन । अबिवाहित ३२ बर्षिया नगर प्रहरी बोहरा आफ्नै उमेर समुहकी ३२ बर्षिया विवाहित महिला अर्काकी श्रीमतीसंग प्रेम सम्बन्धमा फसेपछि अहिले करणीमुद्दा खेप्नु परेको छ । जिल्लाकै जेठो भीमदत्त नगरका प्रहरी इन्चार्ज बोहरा जिम्मेबार सार्वजनिक पदमा भएपनि विवाहित अर्काकी श्रीमतीसंग सल्किएको यो घटनाले समाजमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।
नगर प्रहरी इन्चार्ज बोहरा समान उमेरकी अर्काकी श्रीमतीसंग प्रेममा लिप्त भएका हुन वा जबरजस्तीकरणी गरेका हुन । त्यो विषय न्यायालयबाट निरुपण हुने भएपनि घटनालाई लिएर समाजिक क्षेत्रमा विवाहित महिलाले पनि श्रीमान हुँदाहुँदै परपुरुषसंग सम्बन्ध सहमती वा किन राखेको भन्दै दुवैतर्फ मानिसहरुले प्रशन तेस्र्याईरहेका छन । भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले कानुन बिरुद्धमा गतिबिधी गर्ने नगर प्रहरी मात्रै होईन जो सुकै कर्मचारीले गल्ती गरेको प्रमाणित भए कार्बाही गर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>