Samriddhipost
२०८२ भदौ २८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २८ गते शनिबार

महाकाली प्रादेशिक अस्पतालमा आयो सिटी स्क्यान केही दिनबाट सेवा सुचारु हुने

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ। अस्पतालले ६४ स्लाइसको सिटी स्क्यान सेवा थपेर आगामी सातादेखि सेवा सुरु  गर्ने तयारी गरेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए।

‘६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ,’ उनले भने, ‘अर्को हप्तादेखि सेवा सुरु  गर्ने गरी तयारीमा लागेका छौं।’ अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको थियो। अस्पतालमा सिटी स्क्यान सेवा सुरु  भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो’ 

 अस्पतालमा अहिले एउटै विभागमा दुई-तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको छ‘अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको छ, सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरण पनि थप्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘अब कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन।’ रिफर सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ।  

अस्पतालमा मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको छ। अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन्। अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति, करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन्। ‘अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८-१० जना बिरामी अन्यत्र रिफर हुने गरेका थिए, अब त्यो समस्या हट्ने भएको छ,’ यहाँका स्थानीय इन्द्र साउँदले भने, ‘अब घरनजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सिटी स्क्यानलगायतको विशेषज्ञ सेवा पाउनेछन्।’  

 

अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक-कान-घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन्। त्यसैगरी एक जना मानसिक रोग विशेषज्ञ कार्यरत छन्। अस्पतालमा जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म दरबन्दीअनुसारका चिकित्सक उपलब्ध हुन सकेका छैनन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>