रक्त क्यान्स पिडित बालिका लाई बचाउन उपमेयर र वडा अध्यक्षले आर्थिक सहयाेग गरेका छन । रक्तरक्त क्यान्सरबाट पिडित महाकाली नगरपालिका वडा नम्बर १ कि ममता कुवरलाई बचाउन महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहरा र वडा नम्बर ४ का वडा अध्यक्ष पुष्कर राज जोशीले नगद ५ - ५ हजार आर्थिक सहयोग गरेका छन् । ममता वचाउ अभियान मार्फत उपमेयर बोहरा र वडा अध्यक्ष जोशीले ब्लड क्यान्सर पीडित बालिका कुवरलाई उपचारमा सानाे भए पनि सहयोग पुगोस भनेर ब्याक्तिगत रुपमाआर्थिक सहयोग गरेको वडा अध्यक्ष जाेशीले बताएका छन् ।
आईतबार ममताका आफन्तलाई उक्त रकम हस्तान्तरण गरिएको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्कर राज जोशीले जानकारी दिए । राजधानी काठमाण्डौँको महाराजगंन्ज स्थित टिचिङ अस्पतालमा उपचाररत बालिका कुवरलाई ममता बचाउ अभियान मार्फत अहिले सम्म ४ लाख सम्म सहयोग संकलन भएको जनाइएको छ । डेढ महिना अघि देखी उपचार गराईरहेकी बालिका कुवरको अहिले स्वास्थ्यमा केहि सुधार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । ति बालिकाका बुवाको यस अघिनै मृत्यु भइसकेको छ ।
परिवारको आर्थिक स्थिति कमजोर रहेकोले अहिले विभिन्न संघ संस्था र व्याक्तिहरुबाट सहयोग प्राप्त भैरहेको छ । बालिका कुवरको उपचारका लागि रुपैयाँको निकै अभाव रहेको भन्दै आर्थिक सहयोगका लागि सबै संग अनुरोध समेत गरिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया