Samriddhipost
२०८२ असोज ०७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०६ गते सोमबार

तेक्वान्दो संघ केसि नेतृत्वमा, यस्तो छ समिति

कञ्चनपुर जिल्ला तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशनले राजेन्द्र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आइतबार भएको तेस्रो अधिवेशनले केसीलाई अध्यक्ष चयन गरेको हो।  आइतबार महेन्द्रनगर स्थित तेक्वान्दो प्रशिक्षण कबड हलमा आयोजना भएको कञ्चनपुर जिल्ला तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

 

तेस्रो जिल्ला अधिवेशनबाट राजेन्द्र के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्षमा चक्र प्रसाद मिश्र, कोषाध्यक्ष बाशु देव घिमिरे, सदस्यहरु गोबिन्द थापा, निर्मला डगौंरा, लालबहादुर थापा, कमल चौधरी र हरेन्द्र बहादुर धानुक चयन भएका छन्। तेस्रो निर्वाचन समितिको संयोजकको जिम्मेवारी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टको संयोजकत्वमा सदस्य रहने गरि तेस्रो निर्वाचन समिति गठन गरि जिम्मेवारी दिएको थियो।

 

कार्यक्रमको सभापतित्व कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, प्रमुख अतिथी कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश ने.संघका महासचिव एवम् प्रदेश निर्वाचन प्रतिनिधि पदम बिक्रम सिंह,जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख एवम् तेस्रो जिल्ला निर्वाचनका संयोजक गोपाल दत्त भट्ट लगायत प्रशिक्षक खेलाडीहरु र कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>