Samriddhipost
२०८३ भदौ २९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १९ गते आइतबार

ओमानसँगको वार्म अप म्याचमा नेपाल छ विकेटले विजयी

ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले ओमानसँग वार्मअप म्याच खेलेको हो।
शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित पौडेलले २५ रन बनाए। कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्लले १० रन थपे।
सुरुमा ब्याटिङ गरेको ओमानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो।
ओमानलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट हात पारे।
विश्वकपको छनोट खेल्न नेपाली टिम ओमान पुगेपछि आर्मअप म्याचमा व्यस्त भएको हो।
विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह चरणको शीर्ष स्थानको टिम सुपर सिक्समा छनोट हुनेछ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>