नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ मा आयोजना हुने विश्वकप नजिक पुगेको छ । सोमबार नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो ।
अल इमिरेट्स क्रिकेट मैदानमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो ।
कतारका लागि इमाल लियाङगे र जुवेर अलिले अर्धशतकीय पारी खेले । जुवेरले ५२ रन बनाउँदा इमालले ५६ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए । ३ ओभर ५ बल बलिङ गरेका उनले १८ रन खर्चिए । त्यस्तै रोहित पौडेलले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।
नेपालका लागि रोहितले ५८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २६ रन बनाउँदा गुलशन झाले १६ रनको योगदान गरे ।
कतारका लागि डेनियल आर्चर मारिया लोगइस र मिर्जा मोहम्मद बेगले ती-तीन विकेट लिए । मोहम्मद-असिम लिकात-अलि र असिम अहमदले एक एक विकेट लिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया