टी२० विश्वकप २०२६ का लागि एशिया तथा पूर्वी एशिया प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको एक मात्र अपराजित टोलीका रूपमा नेपाल क्षेत्रीय छनोटको च्याम्पिअन बनेको छ।
विश्वकप छनोट विजेताको प्रबल दाबेदारका रूपमा हेरिएको नेपालले सोचेअनुरूपकै खेल पस्किन सफल भयो र उपाधिको ताज पहिरिने दृष्टिकोणले महत्त्वपूर्ण रहेको अन्तिम दिनको खेलमा समोआलाई १२४ रनको ठूलो अन्तरले सहजै पराजित गर्यो।
पहिले ब्याटिङ गरेको नेपालले पूरा इनिङ्स खेलेर चार विकेटको क्षतिमा २११ रन बनायो। जारी प्रतियोगितामा नेपालले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो।
विश्वकप छनोट खेल्न जानुअघि वेस्ट इन्डिजसँगको टी२०आई शृङ्खला जितेको नेपालले यसपालि 'लगातार विश्वकप पुग्ने' नारा बोकेर झन्डै एक वर्ष लामो तयारी गरेको थियो।
लक्ष्यअनुरूप नै नेपालले समूह चरण र 'सूपर सिक्स'मा गरी खेलेको छ वटै खेल जित्न सफल भयो। यद्यपि युएई, कतार र कुवेतविरुद्धको खेल जित्न नेपाललाई हम्मेहम्मे परेको थियो।
अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी२० विश्वकपमा छानिएको नेपालको यो लगातार दोस्रो विश्वकप तथा समग्रमा तेस्रो विश्वकप सहभागिता हो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया