सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एक हजार तीन सय बासठ्ठी (१,३६२) जना एचआईभी संक्रमित भेटिएका छन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सन् २०७६/७७ देखि २०८०/८१ सम्मको अवधिमा तीन लाख छप्पन्न हजार पाँच सय एकाउन्न (३,५६,५५१) जनामा परीक्षण गर्दा यो संख्या पाइएको हो।
निर्देशनालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा १४,३९८ जनामध्ये २८८ जना, २०७७/७८ मा ४०,४४४ जनामध्ये २७९ जना, २०७८/७९ मा ९१,०४४ जनामध्ये ३२५ जना, २०७९/८० मा १,४४,६४७ जनामध्ये २५२ जना र २०८०/८१ मा ६६,०१८ जनामध्ये २१८ जना संक्रमित पत्ता लागेका छन्।
स्वास्थ्य निर्देशनालयका एचआईभी फोकल पर्सन मनोज प्रसाद ओझाका अनुसार सुदूरपश्चिममा भारतमा कामको सिलसिलामा जानेहरूमा सबैभन्दा बढी संक्रमण देखिएको छ। उनले भने, “कामको खोजीमा भारत जाने र उनीहरूको परिवारका सदस्यहरूमा संक्रमण बढी देखिएको हो। थोरै सङ्ख्यामा बच्चाहरू र केही ट्रान्सजेन्डर समुदायका व्यक्तिहरूमा पनि संक्रमण भेटिएको छ।”
प्रदेशका एचआईभी संक्रमितहरूको उपचार सेती प्रादेशिक अस्पताल धनगढीसहित टिकापुर, लम्कीचुहा, मालाखेती, महाकाली, डडेलधुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, कमलबजार, केसरपुर, दोधारा, जोगबुढा र वालपाटा अस्पतालहरूमा भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार समयमै परीक्षण र उपचारमा पहुँच पुगेका संक्रमितहरू नियमित औषधि सेवनका कारण स्वस्थ जीवन बिताइरहेका छन् भने जोखिम समूहका व्यक्तिहरूमा सचेतना र परामर्श कार्यक्रम पनि तीव्र बनाइएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया