Samriddhipost
२०८२ कार्तिक २० गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक २० गते बिहिबार

बहुमतको महाकाली अस्पताललाई ७ दिने अल्टिमेटम, यस्ता गम्भीर छन् अरु ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत), जिल्ला समिति कञ्चनपुरले महाकाली प्रादेशिक अस्पताल प्रशासनप्रति गम्भीर ध्यानाकर्षण गर्दै सुधार नगरे कडा कदम चाल्ने चेतावनी दिएको छ। पार्टीले २०८२।०७।२० मा बुझाएको ज्ञापनपत्रमार्फत अस्पतालको प्रशासनिक कमजोरी, सेवामा समस्या र कर्मचारी व्यवस्थापनमा अनियमितता औँल्याएको हो।
पार्टीका अनुसार, अस्पतालमा अक्सिजन प्लान्ट बन्द रहनु, नियमित औषधिको अभाव, करार कर्मचारीको भेदभावपूर्ण व्यवहार, स्वास्थ्य बीमा सेवा र अन्य सेवा प्रक्रियामा समस्या देखिनु, तथा सिटिस्क्यान जस्ता उपकरणमार्फत सेवा लिन समस्या हुनु जस्ता विषयहरूले सर्वसाधारणलाई कठिनाइमा पार्दै आएको छ।
ज्ञापनपत्रमा भनिएको छ कि, “निड्स नेपाल र अस्पतालबीचको सम्झौता अवधि सकिए पनि प्रशासनले कानुन विपरीत कर्मचारी राखेको, कार्यालय समय पालना नगरेको, ओभरटाइम र भ्रमण भत्तामा अनियमितता देखिएको, साथै पूर्व जनप्रतिनिधिलाई पदमा नियुक्ति दिइएको” उल्लेख गरिएको छ।
पार्टीले प्रशासनलाई ७ दिनभित्र आवश्यक सुधार गर्न चेतावनी दिएको छ। जिल्ला कार्यालयका प्रतिनिधिले डम्बर विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ की, “सर्वसाधारणको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तत्काल कदम चाल्नु जरुरी छ, नभए पार्टी कडा जनसंघर्षमा उत्रिने जनाइएको छ।”
ज्ञापनपत्रले अस्पताल प्रशासनप्रति पारदर्शिता र सुधारको तत्काल पहलको माग गर्दै चेतावनी दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>