महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार भएपछि बिरामीको चाप उल्लेख्य रूपले बढेको छ। अस्पतालले सिटी स्क्यानलगायत अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा सञ्चालन गरेपछि दैनिक सेवा उपयोग गर्नेको संख्या उल्लेख बढेको छ। पछिल्लो समय अस्पतालमा २३ जना विशेषज्ञ चिकित्सकसहित सेवा प्रदान गर्दै आएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टका अनुसार मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति, रेडियोलोजी,एनेस्थेसियोलोजी र मानसिक रोगसहितका विशेषज्ञ सेवा सञ्चालनमा आएपछि ओपीडी र आकस्मिक कक्षमा बिरामीको भर्ना हुने दर तीव्र रूपमा बढेको छ।
एक महिनाअघि सिटी स्क्यान सेवा सुरु गरेका छौँ। यसपछि क्यान्सरको प्रारम्भिक पहिचान, चोटपटक, दिमागमा नशा च्यापिने समस्या, हेमाटोमा जस्ता अवस्थाको छिटो निदान हुन थालेको छ,” डा.भट्टले भने, “बिरामी बढेकाले अस्पतालमा बेड अभाव हुन थालेको छ।”
बिरामी भर्ना दर बढेपछि तत्काल बेड थप गर्नुपर्ने अवस्था आएको जानकारी दिँदै उनले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयसँग पहल भइरहेको बताए।मंसिरदेखि ओपीडी र आकस्मिक कक्षका लागि छुट्टै अत्याधुनिक एक्स–रे मेसिनबाट पनि सेवा सुरु गर्दैछौँ,” उनले थपे।
महाकाली अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि यहाँका स्थानीयले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको छ।रेडियोलोजिस्ट सन्तोष आत्रेयका अनुसार सिटी स्क्यान सेवा सुरु भएपछि महेन्द्रनगरमै क्यान्सरको प्रारम्भिक पहिचान सम्भव हुन थालेको छ।
पहिले एक्स-रे मात्रै भएकाले धेरैजसो बिरामी रेफर गर्नु पर्ने अवस्था थियो,” उनले भने, “अब छोटो मै समयमा समस्या पहिचान गरी उपचार सम्भव भएको छ।”
अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्टले विशेषज्ञ सेवा थपिँदै गएसँगै अस्पतालमा सेवा गुणस्तर बढेको बताए।यहाँको मुख्य आवश्यकता सिटी स्क्यान थियो, त्यो पनि सुरु भएपछि बिरामीलाई ठूलो राहत भएको छ,” उनले भने।
सेवा उपयोगकर्ताको तथ्याङ्क-आर्थिक वर्ष २०७० / ०७१ मा ओपीडी सेवाग्राही ९१,५०० थिए।
आकस्मिक सेवाग्राही ३९,९१४
भर्ना भएका बिरामी ५,०००
आर्थिक वर्ष २०८१र८२ मा ओपीडी सेवा उपयोग १,०९,०००
आकस्मिक सेवा उपयोग ५१,३००भर्ना भएका बिरामी ६,३५६ पुगेका छन्।
अस्पतालको इतिहास वि. सं . २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको हो । वि. सं . २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा स्तरोन्नती भएकोमा वि.सं . २०४३ सालमा ५० शय्याको अञ्चलमा स्तरोन्नति भयो तर झण्डै चालिस बर्ष पुग्न लाग्दा अस्पताल को सैय्या बढ़न सकेको छैन ।
सङ्घीयता पछिः प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भएपछी विशेषज्ञ सेवा विस्तार भई हाल अस्पतालमा २२ बिशेषज्ञ डाक्टर सहित करिव ४० डाक्टर कार्यरत छन्।
यस्ता सेवाका डाक्टर उपलब्ध छन्।
मेडिसिन ४, हाडजोर्नी ३, स्त्रीरोग ३, बालरोग २, नाक-कान-घाँटी २, एनेस्थेसियोलोजिस्ट २, सर्जरी ३, रेडियोलोजिस्ट २, -मानसिक रोग विशेषज्ञ १- गरी कुल २२ विशेषज्ञ चिकित्सक कार्यरत छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया