कृष्णपुरमा एकैपटक १ सय ३९ रुख कटान गरेर गायब पारिएका छन् । कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनबाट एकैपटक अवैध रूपमा १ सय ३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मंसिर ११ गते बिहीबार दिउँसो करीब २–४ बजेतिर रुखहरू अवैधरूपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जु गरी १३९ रुख काटेर हाल वन क्षेत्रमा मुढा मात्रै छोडिएको छ ।
यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थानीयको समूहले ती रुखहरू काटेर दाउरामा प्रयोग गरेको खुल्नमा आएको डिभिजन वन कार्यालयका प्रमुख डिसी बताउँछन् । स्थानीयले कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज खोल्न आवश्यक रुखहरू कटान गर्नुपर्ने भएपछि जनप्रतिनिधिको आदेशमा ती रुखहरू काटेको बुझ्नमा आएको कार्यालय प्रमुख डिसी बताउँछन् । रुख कटानको आदेश दिने जनप्रतिनिधिमाथि सोधपुछ भइरहेको उनले बताए ।
वडाध्यक्ष र सामुदायिक वनका अध्यक्षलाई होल्डमा राखेर पनि वास्तविकता बाहिर ल्याइने डिभिजन प्रमुख डिसीले बताए । कजेज भवन निर्माणका लागि यसअघि मंसिर १ गते कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानासँग कोरियाली संस्थाका प्रतिनिधिहरूले गौरीघाट वन क्षेत्रमा स्थलगत अनुगमन गरेको बुझ्नमा आएको उनले बताए ।
रुख कटान गरिएपछि डिभिजन वन कार्यालयका प्रमुख डिसीको नेतृत्वमा सोमबार स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा सामुदायिक वनका पदाधिकारीलाई समेत कुनै जानकारी नदिई अवैध तरिकाले अराजक समूहले रुख कटान गर्न लगाएको खुल्नमा आएको डिभिजन वन प्रमुख डिसीले बताए ।
मेयर र वडाध्यक्ष र सामुदायिक वनका अध्यक्षमाथि सोधपुछगौरीघाट सामुदायिक वनमा अवैध तरिकाले रुखहरू काटेको विषयमा कृष्णपुर नगरपालिका नगर प्रमुख (मेयर) हेमराज ओझा र वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना र सामुदायिक वनका अध्यक्ष कुमारी वोहरा माथि सोधपुछ भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । मेयर ओझा र वडाध्यक्ष रानामाथि सोमबार र गौरीघाट सामुदायिक वनका अध्यक्षसंग नियमितरूपमा सोधपुछ भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिसीले बताए ।
छानबिनको जिम्मा शाहलाईगौरीघाट सामुदायिक वनमा अवैध तरिकाले एकैपटक १२ दर्जन ठाडो रुखहरू कटान गरेको विषयमा अनुसन्धान गर्न शव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई खटाइएको छ । डिभिजन वन कार्यालयले मंगलबार शाहलाई अनुसन्धानका लागि खटाइएको जनाएको छ । तर शाहले सामुदायिक वनबाट अवैध रूपमा रुखहरू कटान गरिएको विषयमा आफूलाई पूर्वजानकारी नभएको बताए ।
अनुसन्धानको जिम्मेवारी पाएकाले यस विषयमा अनुसन्धान गरिने उनले बताए । सामुदायिक वन क्षेत्रभित्र गरिएको कटानी प्रकरणले स्थानीयस्तरमा व्यापक बहस र शंका उत्पन्न गरिरहेकै बेला समितिकी अध्यक्ष कुमारी वोहराले घटनाबारे आफू पूर्णतया अनभिज्ञ रहेको बताएकी छन्। उनका अनुसार घटना भएको दिन आफू‘ धनगढीमा नै रहेर आफ्नो बुहारीको उपचारमा व्यस्त थिए, जसका कारण वन क्षेत्रमा भएको गतिविधिबारे कुनै जानकारी नपाएको वताएकी छन् ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले रुख काट्न आफूले आदेश नदिएको बताए । उनले आफूमाथि गलत आरोप लगाएको बताउँदै भने, ‘कटान आदेश पालिकालाई प्राप्त भएको छैन, यो सामुदायिक वनको जमिनको हो, मैले कटानका लागि कसैलाई आदेश दिने कुरै आउँदैन ।’विगतमा पालिककै २ वटा रुख काट्न पनि कटान कटान आदेश लिएको स्मरण गरे ।
पालिकाले प्राविधिक कजेल निर्माणका लागि वडा कार्यालय नम्बर ७ को कार्यालयको पूर्वतर्फको ४ बिघा जमिनका लागि भोगाधिकार लिन मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । उनका अनुसार गौरीघाट सामुदायिक वनको क्षेत्रमा विगतदेखि नै स्थानीयले सुकेका रुखहरु काट्दै आएको मेयर ओझाले दाबी गरेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया