झिलिमिली सामुदायिक वनको १४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
शुक्लफाँटा नगरपालिका वडा नम्बर १ र कृष्णपुर नगरपालिका वडा नम्बर २ को क्षेत्रमा पर्ने यस सामुदायिक वन का अध्यक्ष करन चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीको प्रमुख आतिथ्यता र शुक्लाफाँटा वडा १ का अध्यक्ष उत्तरदेव भट्ट र कृष्णपुर नगरपालिका वडा २ का अध्यक्ष अर्जुन सिंह साउद विशिष्ट अतिथि रहेका थिए।
सबडिभिजन बाणीका प्रमुख वरिष्ठ वन अधिकृत भरत शाह, शुक्लाफाँटा सव डिभिजनका रेन्जर रामविलास राना, चुरे लालझाडी जैविक मार्ग सहकारीका अध्यक्ष शिवदत्त पन्त, फेको फनका नरेशराज भट्ट लगायतको आथित्यता रहेको कार्यक्रम उद्घोषण सामुदायिक वनका लेखा समिति सदस्य गजेन्द्र बहादुर भण्डारीले गरेका थिए।
सामुदायिक वनको वार्षिक प्रगति प्रतिवेदन, वार्षिक कार्ययोजना तथा आर्थिक वर्ष ०८२ / ०८३ को लागि अनुमानित बजेट कार्यालय सचिव रामदत्त जोशीले प्रस्तुत गरेका थिए। ४४९ जना सदस्य रहेको वनमा ३७२ जनाको उपस्थिति रहेको थियो।
सामुदायिक वनले विगतमा पर्यटकीय क्षेत्र निर्माण गर्नका लागि केही संरचना निर्माण गरेको पानीका लागि ट्युबवेल निर्माण लगायत काम गरिरहेकोमा यसपटक बाटोमा ग्राभेल गर्ने, वनमाथिको परनिर्भरता घटाउनको लागि समुदायका उपभोक्तामा विद्युतीय चुलो वितरण गर्ने, पर्यटनस्थल निर्माण गर्ने र वन विकासका विभिन्न कार्यक्रम गर्ने लगायतका निर्णयहरू गरिएका छन्।
प्रमुख अतिथि जोशीले पर्यटकीय क्षेत्र निर्माण गर्न सके समुदायको समेत विकास हुने कुरा उल्लेख गर्नुभएको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया