Samriddhipost
२०८२ पुष २५ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २४ गते बिहिबार

शुक्लाफाँटा नगरपालिका-१० स्थित एनएमबी बैंक झलारी शाखामा तालाबन्दी गरिएको छ।

 

बुधबार शुक्लाफाँटाका युवाहरुले एनएमबी बैंकमा तालाबन्दी गरेका हुन्। बैंकले झलारीकी ज्ञानु विश्वकर्माको घर जालसाजी गरी लिलामी गरेको भन्दै युवाहरुले संघर्ष समिति समेत गठन गरेका छन्।

 

‘बैंकले विश्वकर्माको घर जालसाजी गरी लिलामी प्रकृयामा पुगाएर अन्याय गरेको हुँदा उक्त गतिविधिको घोर आलोचनासहित प्रतिकार गरिन्छ,’ संघर्ष समितिका संयोजक विवेक रावल र प्रवक्ता सिजनबहादुर सिंहद्धारा हस्तारक्षित विज्ञप्तीमा उल्लेख छ। पीडितलाई न्याय दिलाउने उदेश्य साथ अनिश्चितकालाका लागि बैंकमा तालाबन्दी गरिएको संघर्ष समितिले जनाएको छ। बैंकको झलारी शाखा आज पनि खुलेको छैन्। बैंकमा लागेको तालाबन्दी खुलाउन छलफल भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले बताए।

 

एनएमबी बैंकद्दारा शान्ति–सुरक्षाको माग कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित एनएमबी बैंक लिमिटेडको शाखा कार्यालयमा ऋणी पक्षबाट तालाबन्दी का साथै सामूहिक हुलहुज्जत तथा धम्की दिइएको घटनापछि बैंकले सम्बन्धित निकायसँग शान्ति–सुरक्षाको माग गरेको छ।

 

बैंकका अनुसार अजय विश्वकर्माले उपभोग गरेको कर्जाको सुरक्षणका लागि उनकी श्रीमती ज्ञानु विश्वकर्माको नाममा दर्ता रहेको झलारीस्थित ८७ वर्ग मिटर क्षेत्रफलको जग्गा तथा घर मालपोत कार्यालय महेन्द्रनगरमार्फत बैंकको नाममा धितो दृष्टिबन्धक गरिएको थियो। कर्जा सम्झौता तथा तमसुकमा उल्लेखित शर्तअनुसार कर्जा चुक्ता नभएपछि प्रचलित बैंकिङ कानुनबमोजिम उक्त अचल सम्पत्ति लिलाम बिक्री गरी बोलपत्रकर्ता तुलसी कुमारी डागाको नाममा दर्ता गरिएको बैंकको भनाइ छ।

 

उक्त लिलाम प्रक्रियाविरुद्ध ऋणी अजय विश्वकर्माका छोरा अनुष घिमिरे र बुहारी अस्मिता घिमिरेले बैंकसमेतलाई विपक्षी बनाई कञ्चनपुर जिल्ला अदालतमा लिलाम बदर सम्बन्धी मुद्दा दायर गरेका थिए। तर जेठ २८ गते जिल्ला अदालतले वादीको दाबी नपुग्ने फैसला गरेको थियो। सो फैसलालाई पौष ६ गते उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले समेत सदर गरिसकेको बैंकले जनाएको छ।

 

अदालतबाट फैसला सदर भइसकेको अवस्थामै पौष १६ गते ऋणी अजय विश्वकर्मासहित २०–२५ जनाको समूह बैंक शाखामा प्रवेश गरी बैंक कर्मचारीमाथि धाकधम्की, गालीगलौज तथा अवाञ्छित व्यवहार गरेको आरोप बैंकले लगाएको छ। उजुरीअनुसार उनीहरूले एक साताभित्र लिलाम भइसकेको सम्पत्ति ऋणीलाई फिर्ता नगरे बैंक तथा बैंकका कर्मचारीमाथि भौतिक कारबाही गर्ने चेतावनी दिएका थिए।

 

धम्की दिने समूहबाट कुनै पनि बेला अप्रिय घटना हुन सक्ने सम्भावना देखिएको भन्दै बैंकले नियमित बैंकिङ कारोबार सुरक्षित रूपमा सञ्चालन गर्न तथा बैंक र कर्मचारीहरूको ज्यान–मालको सुरक्षा सुनिश्चित गर्न शान्ति–सुरक्षाको व्यवस्था गरिदिन माग गरेको छ।

 

यस घटनापछि बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षा र अदालतबाट सदर भइसकेका निर्णयको कार्यान्वयनमा देखिएको चुनौतीप्रति सरोकारवालाको ध्यानाकर्षण भएको छ।

 

यस सम्बन्धमा एनएमबी बैंकका एरिया म्यानेजर सुशील सिंहले ऋण लगानी तथा घर–जग्गा लिलाम बिक्रीको प्रक्रिया प्रचलित कानुनअनुसार नै गरिएको स्पष्ट पार्नुभयो। बैंकमा आएर जो–कोहीले सेवाग्राहीको कारोबारसम्बन्धी जानकारी लिन नसक्ने उल्लेख गर्दै उहाँले सेवाग्राहीको गोपनीयता कायम राख्नु बैंकको दायित्व भएको बताउनुभयो।

 

यस्तै, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बैंकजस्तो संवेदनशील वित्तीय संस्थाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित निर्देशन दिइसकेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>