कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल पौष २८ गते भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारणसभाको अध्यक्षता सभापति नित्यानन्द जेठराले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक श्री हेमराज बिष्ट रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, पूर्व मेयर कर्णबहादुर हमाल, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, वन अधिकृत भरत शाह, इलाका प्रशासन कार्यालय गुलरियाका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। साथै जिल्लाभरिका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षज्यूहरू पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमको सञ्चालन शिवदत्त पन्तले गर्नुभएको थियो भने हरियाली सामुदायिक वनकी उपाध्यक्ष उषा थापा मगरले स्वागत मन्तव्य राख्दै सामुदायिक वनले संरक्षण, रोजगारी, हरियाली प्रवर्द्धन र समुदायको जीवनस्तर उकास्न खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो। कार्यक्रममा चर्चित डेउडा गायक डिलिराज फुलेराले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप आकर्षक बनाउनु भयो।
साधारणसभामा ६२ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा चुलिया चौधरी, वीरसिंह खड्का, लक्ष्मी चन्द लगायतका जेष्ठ नागरिकहरू रहनुभएको थियो। आयोजकले जेष्ठ नागरिकहरूको योगदानलाई समाज र सामुदायिक वनको मेरुदण्डको रूपमा सम्मान गरिएको उल्लेख गरे।
कार्यक्रममा सहभागी सुदर्शनपुर वडा नम्बर ५ की मिना देवी मालीले सामुदायिक वनबाट दाउरा तथा काठ वितरणमा समान पहुँच नपाएको गुनासो राख्दै “हामीलाई दाउरा–काठ कहिल्यै दिइँदैन” भन्ने प्रश्न उठाउनु भयो। यस विषयमा अतिथिहरूले सामुदायिक वनले सबै उपभोक्तालाई पारदर्शी र समान प्रणालीमार्फत सेवा दिनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि वन निर्देशक हेमराज बिष्टले सामुदायिक वन नेपालको वन संरक्षण मोडेलकै सफल अभ्यास भएको उल्लेख गर्दै दिगो वन व्यवस्थापन, पारदर्शिता, समावेशिता र स्थानीयको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। विशिष्ट अतिथि DFO लक्ष्मी राज जोशीले वन नियम, काठ–दाउरा वितरण प्रक्रिया र भविष्यका योजनाबारे जानकारी गराउँदै गुनासो समाधानका लागि सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्ट, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन रानालगायतले अनुभव साटासाट गर्दै सामुदायिक वनबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
अन्त्यमा सभापति नित्यानन्द जेठराले सहभागी सबै अतिथि, उपभोक्ता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वन संरक्षणसँगै उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने, विवाद समाधान गर्ने र वनबाट प्राप्त स्रोतको न्यायोचित वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसरी हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा समुदाय, वन र विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया