Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २८ गते सोमबार

विपन्न, अपाङ्ग र शहिद परिवारलाई लालझाडी ५ मा खानेपानीको  धारा वितरण ।

लालझाडी गाउँपालिका वडा नं ५ र देखतभुलि खानेपानी तथा सरसफाई समितिको साझेदारीमा वडा नम्बर ५ मा बसोबास गर्ने अति विपन्न, अपाङ्ग र सहिद परिवार जसले खानेपानीको धारा आफै जोड्न सक्नुभएन यस्ता परिवार हरुलाई खानेपानीको सहज पहुच पुऱ्याउन का लागी  घरमै खानेपानीको धारा जडान गरिदिएको छ।
धारा जोड्नका निमित्त ७ हजार लाग्ने भएपनि वडा कार्यालयको सहयोगमा ५०% छुट गरी दीपक पनेरु, मानमती ठगुन्ना, धनसिंह धामी, शम्भुराज जोशी, रामकुमारी चौधरीको घरमा धारा जडान गरिएको छ । 
यसैगरी चमरू राना, लक्ष्मी दमाई, सीता राना, देव दमाई, द्रोपती दमाई, विक्रम बिष्ट र गौरी टमाटाको घरमा धारा जडान गरिएको छ भने बैजनाथ बाल ज्योति आधारभूत विद्यालय र  देखतभूली स्वास्थ्य चौकीमा धारा जडान गरिएको खानेपानी समितिका कर्मचारी खेम सिह धामीले जानकारी दिनुभयो । 
आइतबार जडान गरिएका धाराहरूको अनुगमन वडाका अध्यक्ष पहलबहादुर थापा र खानेपानी तथा सरसफाई समितिका अध्यक्ष भजना रानाले संयुक्त रुपमा गरेका छन् । 

खानेपानी समितिले बैजनाथ सिद्धनाथ मन्दिर कृष्णपुर नगरपालिका वडा नम्बर ३ कटान, सिद्धनाथ बैजनाथ मन्दिर लालझाडी गाउँपालिका वडा नं ५ नन्द मावि चोक र बैजनाथ सिद्धनाथ मन्दिर  लालझाडी ५ बैजना टोल   मा धारा जडान गरेको छ। 

स्वास्थ्य र तन्दुरस्त रहनका लागि शुद्ध पिउने पानीको पनि  महत्त्वपूर्ण भूमिका रहेको हुँदा समितिले सम्पूर्ण देखतभुली बासीलाई शुद्ध पिउने पानीको धारा जडान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>