Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २९ गते मङ्गलबार

मुक्त कमलरी मञ्चको माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा लुगा र शैक्षिक सामग्री वितरण

मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। मञ्चकी अध्यक्ष सीता डगाैराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिति  भिनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा रहेका थिए, १८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा मनाइएको माघी शुभकामना आदानप्रदान कार्यक्रममा   दिदै कार्यक्रममा प्रमुख अथिति देवकोटाले स्थानीय सरकारबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन्। नेपालीहरूले मनाउने आ आफ्नो संस्कृति तथा रीतिरिवाजलाई आआफ्नो तरिकाले मनाउनुपर्छ। मुक्त कमलरीका केही समस्याहरू पूरा भएपनि केही समस्याहरु अझै बाँकी रहेको उनको भनाइ  रहेकाेे थियाे। 

 कार्यक्रममा शुभकामना दिँदै मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सिता डगौराली हरेक वर्ष वा पुर्खे्यौलीदेखि मनाइँदै आएको राना, थारु, डंगौरा तथा आदिवासी जनजातिहरुकाे  माघी पर्व सबैभन्दा याद गर र छुट्टै विशेषता ,संस्कृति ,पहिरन र  भेषभूषा समेतलाई झल्काउने माघी पर्व रहेको बताएकी छन्।

मुक्त कमलरी विकास मञ्चको लागि भिनपा १८ नम्बर वडाले रातो बुकमा बजेट छुट्याएको भन्दै भिनपा १८ का वडा अध्यक्ष रविन्द्रप्रसाद देवकोटालाई सम्मान समेत गरेको बताइन्। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि दान सिंह बिष्ट, विष्णुप्रसाद खरेल, १८ का वडा सदस्य पदम बहादुर चन्द, अतिथि पूर्व वडा सदस्य प्रशान्त भट्ट तथा अन्य अतिथि गोविन्द भट्ट ,इतबारी थारु, देवकुमारी चौधरी र सुशिला चौधरी लगायत विशिष्ट अथितिर अथिति हरूलाई समेत मायाको चिन्ह दिएको छ।

पूर्णा माध्यमिक विद्यालय ऐरी हस्टिलमा अध्ययनरत अभिभावकविहीन ६ जना छात्रा हरुलाई एकजोड शुट र गरम कपडा  वितरण गरेको  र कार्यक्रममा संस्कृति, नृत्य देखाउने  १० जना विद्यार्थीहरूलाई शिक्षण सामग्री दिएकाे अध्यक्ष  डगौराले बताइन्। उक्त कार्यक्रम मनोरञ्जनात्मक रुपले सम्पन्न गरिएको थियो भने  स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सुनिता रानाले गरेकी थिइन् भने सञ्चालन मनमति चौधरीले गरेकी हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>