शुक्लाफाँटा उद्योग बाणिज्य संघको पाँचौँ अधिवेशनबाट मंगलवार नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
राजेश धामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा धर्मानन्द भट्ट, बाणिज्य उपाध्यक्षमा प्रेमराज भट्ट र उद्योग उपाध्यक्षमा रमेश रावल चयन भएका छन्।
यसैगरी, महासचिवमा दिपकराज भट्ट, सचिवमा कलावती भट्ट र कोषाध्यक्षमा बिक्रम शाहु चयन भएका छन्। कार्य समितिकाे सदस्यहरूमा सन्तोष भट्ट, शिवराज पन्त, महेश विष्ट र लक्ष्मण सुनार रहेका छन्।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति संयाेजक सुरेन्द्र प्रसाद उप्रेती सपथ ग्रहण गराएका थिए।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया