Samriddhipost
२०८२ माघ ०४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०४ गते आइतबार

प्रतिस्पर्धा बिना राखिएका कर्मचारीले महाकाली प्रादेशिक अस्पतालमा बिरामीलाई दुःख दिँदै ।

महाकाली प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो अस्पताल हो। यो अस्पताल केही वर्ष पहिलासम्म रिफर सेन्टरका रूपमा परिचित थियो। अस्पतालमा नियुक्त भएका व्यवस्थापन समिति अध्यक्ष र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समेतको टिमले अस्पताललाई राम्रो बनाउन बल गरे, यसमा यससँग जोडिएका विभिन्न पक्षहरुले सहयोग गरेर आज यो अस्पताल एउटा सक्षम अस्पतालका रुपमा पुगेको छ।
तर यहाँ अस्पतालमा प्रतिस्पर्धा बिना आफै अस्पताल प्रशासनले राखेका कर्मचारीहरूका कारण अस्पतालको साख गिर्ने अवस्थामा रहेको बिरामी र बिरामीका आफन्तले बताएका छन्।
यस्तो किन हुँदैछ भन्ने बारेमा एउटा उल्लेख गर्दैछौं घटना यस्तो छ । दार्चुला जिल्लामा एकजना ४० वर्ष युवा बिरामी हुन्छन् अत्यधिक दुखाएपछि जिल्ला अस्पताल जान्छन्। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि रिफर गरिएको हुन्छ। यो कागज बोकेर उनी आइतबार ११:३० बजे महाकाली अस्पतालको आकस्मिक कक्षमा पुग्दछन् । कक्षको हेल्पडेक्समा रहेका कर्मचारीहरू भित्र लैजानुहोस् टिकटका लागि भित्र छिट पाइन्छ भनेर भित्र पठाउँछन् । दुखेर छटपटाएको बिरामी  उभिरहन्छ, आफन्तले अस्पतालको ड्रेस लगाएकी एकजना कर्मचारीलाई बिरामीबारे बताउँदै इमर्जेन्सी टिकटका लागि चिट माग्दछन् । उनले यहाँ होइन ओपिडीमा लैजानुस् भन्छन्। बिरामीका आफन्तले बिरामीको अवस्था हेर्नुहोस् रिफर भएर आएको छ भन्दा उनले  बाहिर जानुहोस् भन्छीन, नजिकै रहेकी डाक्टरले के हो भनेर सोधी बिरामीको इमर्जेन्सीमा उपचार सुरु हुन्छ ।

बिरामी भई पीडाका साथ अस्पतालमा पुगेका बिरामीहरूले अस्पतालका कर्मचारीहरूबाट यस्तै व्यवहार पाउनुपर्ने हो । भित्र जाने कि बाहिर जाने ? ओपिडीमा जाने कि इमर्जेन्सीमै रहने ? के गर्ने बिरामीले कसरी थाहा पाउँछ ?  डाक्टरले घटना सोधेर इमर्जेन्सी कक्षमा उपचार गर्छिन् भने, त्यही रहेकी अर्की स्वास्थ्यकर्मीले किन बिरामीलाई इमर्जेन्सी पर्चा का लागी चिट नदीई घरी ओपिडी घरी बाहिर किन भन्छिन ?
समृद्धि पोस्ट डट कमले यो घटना विवरण जानकारीमा आएपछि अस्पताल स्रोतसँग ती कर्मचारीबारे बुझ्न प्रयास गर्यो। स्रोतका अनुसार ती कर्मचारी कुनै एनजिओले तलव दिने गरी राखेको थियो पछि अस्पताल प्रशासनले बिना प्रतिस्पर्धा करार नियुक्त गरेको हो ।
बिरामी अकस्मात रूपमा अस्पताल पुग्दा कहाँ जाने भन्ने स्वास्थ्यकर्मीले वा अस्पतालले बताउनुपर्ने अत्यधिक पीडामा यसरी आएका बिरामीलाई स्वास्थ्यकर्मीले नै एकिन ढङ्गको व्यवहार नगरी कहिले कता र कहिले कता भन्ने गरेको व्यवहारले कता उपचार गर्न योग्य हो भन्ने स्वास्थ्यकर्मीलाई समेत जानकारी नभएको देखिन्छ । यतिको ज्ञान नहुने कर्मचारीलाई अस्पताल प्रशासनले बिना प्रतिस्पर्धा कसरी नियुक्त गर्यो भन्ने प्रश्न खडा भएको छ। 
यस विषयमा अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरटेन्डेन्ट डाक्टर अर्जुन भट्टसँग सम्पर्क गरी सोध्दा यस्तो घटना भयो भनेर जानकारी गर्दा उहाँले बिहानै उठेदेखि यस्ता कुराहरू आइरहन्छन् अस्पतालमा निवेदन दिएमा घटनाबारे बुझौँला भन्नुभयो । 
अस्पतालमा आउने बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूले यस्तै व्यवहार अपनाउने हो र प्रशासनले पनि यसरी नै पन्छिने हो भने अस्पताल पुरानै बाटो रिफर सेन्टरतर्फ नफर्किएला भन्न सकिँदैन।

यस घटनाको सत्यतथ्य विवरण अस्पतालले सहजै पत्ता लगाउन सक्दछ । बिरामीलाई अस्पतालका स्वास्थ्यकर्मीले गरेको व्यवहार हेर्न अस्पतालभित्र जडान भएको सिसिटिभी फुटेज हेर्न सकिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>