Samriddhipost
२०८३ भदौ २९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०७ गते बुधबार

कैलाली तेक्वान्दो संघलाई राष्ट्रिय मान्यता, महासचिवमा योगेन्द्र खोलाउला निर्वाचित

हेमा भट्ट, 
 नेपाल तेक्वान्दो संघले कैलाली जिल्ला तेक्वान्दो संघलाई औपचारिक तदर्थ समितिको रूपमा राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यस निर्णयले सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको संस्थागत विकास, खेलाडी उत्पादन र दीर्घकालीन प्रगतिमा नयाँ गति दिने विश्वास लिइएको छ।
नवगठित तदर्थ समितिमा विनय चोखल अध्यक्ष, भुवन शार्की उपाध्यक्ष, योगेन्द्र खोलाउला सचिव, र नेहा चौधरी कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा सुशील सिंह, महेश राज जोशी, दिपेन्द्र बोहरा र कोपिला आग्री रहेका छन्।
समितिले जिल्लाभर तेक्वान्दो क्लब विस्तार, विद्यालयस्तरमा प्रतिभा पहिचान, नियमित प्रशिक्षण, सेमिनार र रेफ्री–कोच तालिम सञ्चालन, साथै महिला, बालबालिका र पिछडिएका वर्गको सहभागिता वृद्धिलाई प्राथमिकता दिने योजना अघि सारेको छ। यससँगै अनुशासन, नैतिकता र खेल संस्कृतिको प्रवर्द्धन समितिको मुख्य एजेन्डा रहेको छ।
विशेष रूपमा, महासचिव पदमा निर्वाचित योगेन्द्र खोलाउला १५ वर्षदेखि डोजाङ्ग प्रमुख भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएका छन्। उनले सुदूरपश्चिमबाट राष्ट्रिय खेलमा ह्याट्रिक हान्ने खेलाडी समेत उत्पादन गरिसकेका छन्, जसले क्षेत्रीय खेलकुदको गौरव बढाएको छ।
नेपाल तेक्वान्दो संघले कैलालीमा तेक्वान्दो खेलको संस्थागत विकासमा आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता जनाएको छ। यस मान्यतासँगै सुदूरपश्चिममा तेक्वान्दो खेलले नयाँ गति लिने, खेलाडीको मनोबल उच्च हुने र प्रदेशको राष्ट्रिय खेलकुद क्षेत्रमा पहिचान अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
समिति र खेलप्रेमीहरूले यस निर्णयलाई खेलको विकास र युवा प्रतिभा उजागर गर्ने सुनौलो अवसरको रूपमा लिएका छन्। अब कैलालीबाट राष्ट्रिय स्तरमा नयाँ खेलाडी र प्रशिक्षकहरूको उत्पादनको बाटो अझ स्पष्ट हुँदै गएको छ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>