Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १३ गते मङ्गलबार

कैलालीमा एम्वुलेन्सले रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु धएको छ भने एक जना घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिका–९ खुटिया पुलमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३६१८ नम्बरको एम्वुलेन्सले सोही दिशा तर्फ रोकी राखेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिंदा ट्याक्टरको छेउमा उभिएका कैलालीको कैलारी गाउँपालिका-५ पवेरा वस्ने ३० वर्षीय अक्षय चौधरीको सोमवार मृत्यु भएको हो।

एम्वुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका अक्षयलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्य भएको अस्थायी प्रहरी बिट स्याउलेले जनाएको छ। सोही ट्याक्टरमा सवार गोदावरी नगरपालिका–९ वल्मी टोल बस्ने ६० वर्षीय साँकी चौधरी घाइते भएका छन्।

घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। एम्वुलेन्स र एम्वुलेन्स चालक घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय प्रवेश चौधरीलाई अस्थायी प्रहरी बिट स्याउले, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>