बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा थप टिपोट:-ऐ.२१:१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरि जम्मा ४५ जनालाई उद्धार गरेका घाईतेहरुलाई उपचारको लागि स्वास्थ्य चौकी कोटिलाको लागि पठाईएको ।
मृतकहरुको नामावली:
बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४० को केशब राज जोशी
बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष १३ को अशोक राज जोशी
बझाङ बित्थडचिरगाउँपालिका- ७ बस्ने वर्ष ३५ को बसन्त जोशी
बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी (उपचारको क्रममा)
बझाङ बित्थडचिर-७ बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)
बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० को मोहन देव भट्ट
बझाङ जयपृथ्बी नगरपालिका- ७ बस्ने वर्ष ४० को बसन्त राज रतला
बैतडी पुर्चौडी नगरपालिका- ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी
दुर्घटनामा घाइते भएका ३२ जना अहिले काेटीला स्वास्थ्यचाैकीमा रहेकाे र तिनिहरूमध्ये ३ जनाकाे अवस्था चिन्ताजनक गरहेकाे बुझिएको छ ।
पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।
‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको छ । स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।
बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेकाले मृतककाे संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । घाइतेहरूलाइ स्कुल बस मार्फत छिटाे डडेल्धुरा अस्पताल लग्ने तयारी भइरहेकाे सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयाे ।
दुर्घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ ….
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया