Samriddhipost
२०८२ माघ २४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २३ गते शुक्रबार

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र नर्समाथि कार्यकक्षमा नै हातपात भएको छ ।
 आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर स्टाफ, नर्स  र गार्ड मािथ हातपात भएको हो । अस्पतालका निर्देशक डा. रवि मल्लकाअनुसार बिहीबार सिन्धुपाल्चाेकबाट उपचार गराउन ल्याइएकी ८३ वर्षीया  वृद्ध महिलाका आफन्तले चिकित्सक र नर्समाथि हातपात गरी तोडफोड समेत गरेका थिए । उपचारमा ल्याइएकी बिरामीको मृत्यु भएको भन्दै उनीहरुले चिकित्सकमाथि हातपात गरेको तर बिरामी अहिले पनि सकुशल रहेको डा. मल्लले जानकारी दिए । घटना बिहीबार दिउँसो तीन बजेतिर भएको अस्पताल स्रोतले जनाएको छ । 

‘अनाहकमा चिकित्सक, नर्समाथि हातपात गरी तोडफोडमा पनि उत्रिए,’ उनले भने, ‘बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । अवस्था सुध्रिएर अहिले सामान्य भइसकेको छ ।’ चिकित्सक नर्सलाई हातपात गर्ने र आकस्मिक कक्षमा तोडफोड गरेको भन्दै दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक निसंखु ६ का हरिबहादुर गुरुङ्ग र सुरज गुरुङ्ग रहेका छन् । चिकित्सकमाथि हातपात तथा अस्पताल तोडफोड गरेको भन्दै उनीहरु विरुद्ध जाहेरी दिने तयारी गरेको निर्देशक डा. मल्लले जानकारी दिए । अस्पतालका एक सुरक्षा गार्डकाअनुसार कुटपिटमा उत्रिएका दुवै जना बिरामीका आफन्तले बिहीबार राति पुनः अस्पताल प्रवेश गरी अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा नर्सहरुलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए । उनीहरुले बारम्बार धम्की दिएका कारण पीडित चिकित्सक तथा नर्सहरुले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>