Samriddhipost
२०८३ असोज २० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २९ गते बिहिबार

टी–२० विश्वकप क्रिकेट नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।
नेपाल र इटालीबीचको खेल मुम्बईस्थित वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४ रनले लक्ष्य पूरा गर्न असफल भएको थियो।
अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। हालसम्म दुई पटक विश्वकप खेलिसकेको नेपाल समूह चरण पार गर्न भने सफल भएको छैन।

नेपाल रोहितकुमार पौडेलको कप्तानीमा लगातार विश्वकप खेलिरहेको छ। समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्यान्डविरुद्ध खेल्दै यसपटकको विश्वकप यात्रा सुरु गरेको हो। यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।
बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले प्रतियोगितामा स्थान पाएको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>