आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।
नेपाल र इटालीबीचको खेल मुम्बईस्थित वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४ रनले लक्ष्य पूरा गर्न असफल भएको थियो।
अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। हालसम्म दुई पटक विश्वकप खेलिसकेको नेपाल समूह चरण पार गर्न भने सफल भएको छैन।
नेपाल रोहितकुमार पौडेलको कप्तानीमा लगातार विश्वकप खेलिरहेको छ। समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्यान्डविरुद्ध खेल्दै यसपटकको विश्वकप यात्रा सुरु गरेको हो। यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।
बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले प्रतियोगितामा स्थान पाएको हो।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया