Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन १४ गते बिहिबार

सेती प्रादेशिक अस्पतालमा एक महिलाले एकैपटकमा तीन बच्चाको जन्मदिन

सेती प्रादेशिक अस्पताल धनगढीमा एक महिलाले तीन बच्चालाई जन्म दिएकी छन्। बुधवार तिम्ल्याहा बच्चा जन्मिएको सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए।

उनका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर र बाल चिकित्सकसहितको टोलीले आमाको सफल शल्यक्रिया गरेर तीन बच्चाको जन्म भएको हो। तीन मध्ये दुई छोरा र एक छोरीको जन्म भएको हो।

डाक्टर भट्टका अनुसार दार्चुला जिल्ला घर भएकी ३१ वर्षीय गर्भवती महिलाको यसअघि दुई छोरी छन् भने यो पटक गर्भ बसेको पाँच महिनादेखि सेती अस्पतालमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौर नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया गरेर तीनै जना बच्चाको आठ महिनामा जन्म भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>