खेमराज भट्ट,
नेपालको डिजिटल यात्रामा नयाँ सम्भावनाको उज्यालो झुल्किएको छ। स्वदेशमै विकास गरिएको, “नेपालीका लागि, नेपालीद्वारा निर्मित” डिजिटल प्लेटफर्म आगामी मार्च १, २०२६ देखि औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। प्रविधिको तीव्र विकाससँगै विश्व डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको बेला नेपालले पनि आफ्नै पहिचानसहित डिजिटल आत्मनिर्भरता सुदृढ गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको विश्लेषण गरिएको छ।
स्वदेशी सोच, आधुनिक प्रविधि-डिजिटल साथी को अवधारणासहित प्रस्तुत गरिएको यस एपले प्रयोगकर्तालाई एउटै प्लेटफर्मबाट बहुविध सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। नेपाली भाषा र परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको यो एपले प्रविधिलाई आम जनतासँग जोड्ने विश्वास लिइएको छ।
डिजिटल संसारमा विदेशी सोसल मिडिया र एपहरूको वर्चस्व बढिरहेका बेला आफ्नै माटोको प्लेटफर्म सार्वजनिक हुनु राष्ट्रिय स्वाभिमानसँग समेत जोडिएको विषय बनेको छ। यसलाई नेपाली युवाको सीप, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको उदाहरणका रूपमा लिइएको छ।
‘ठीकठाक’ : सिर्जनशीलताको सम्मान-एपको सबैभन्दा आकर्षक विशेषता ‘ठीकठाक’ नामक आफ्नै सोसल मिडिया फिड हो। प्रयोगकर्ताले आफ्ना विचार, तस्बिर, भिडियो तथा अन्य सिर्जनात्मक सामग्री पोस्ट गर्न सक्नेछन्। प्रणालीले प्रदान गर्ने ‘ठीकठाक स्कोर’का आधारमा हरेक महिना उत्कृष्ट १०० जना क्रिएटरलाई नगद पुरस्कार वितरण गरिने व्यवस्था गरिएको छ।
महिनाको उत्कृष्ट पहिलो क्रिएटरले रु. २५,००० नगद प्राप्त गर्नेछन्। यसबाहेक अन्य उत्कृष्ट सहभागीलाई पनि पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यसले डिजिटल माध्यमबाट सिर्जनशीलता प्रदर्शन गर्दै आम्दानी गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
एउटै एपमा बहुआयामिक सेवा-ले शिक्षा, स्वास्थ्य, मनोरञ्जन र सामाजिक सञ्जाललाई एउटै प्लेटफर्ममा समेटेको जनाएको छ।
हजुर AI च्याट (के छ हजुर?) – नेपाली भाषा बुझ्ने र बोल्ने AI च्याटबोट, जसले गृहकार्य, जानकारी, लेखन सहयोगदेखि सामान्य सल्लाहसम्म दिन सक्छ।
भाषा सिकाइ कार्यक्रम – कथामार्फत भाषा सिक्ने सुविधा, उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्तालाई मासिक रु. १५,००० सम्म पुरस्कार। स्वास्थ्य र प्राणायाम – नेपाली भाषामै निर्देशित ध्यान तथा श्वासप्रश्वास अभ्यास, मानसिक सन्तुलन र स्वास्थ्य सुधारका लागि।
मनोरञ्जन एकै ठाउँमा-समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टिभी सामग्री एउटै फिडमा।यसरी विभिन्न सेवाहरू एउटै एपमा समेटिँदा प्रयोगकर्ताले समय, डेटा र झन्झट दुवै बचत गर्न सक्ने अपेक्षा गरिएको छ।
लन्च अफर र सहज पहुँच-लन्चको अवसरमा जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता प्रदान गरिने घोषणा गरिएको छ। यसले प्रारम्भिक प्रयोगकर्तालाई विशेष सुविधा अनुभव गर्ने अवसर दिनेछ।
मार्च १, २०२६ देखि www.hajurai.com मार्फत दर्ता गरी एप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। प्रयोगमैत्री इन्टरफेस र नेपाली भाषामै सहज पहुँच यसको मुख्य विशेषता रहने बताइएको छ। डिजिटल भविष्यतर्फको आत्मविश्वास-नेपालमा सूचना प्रविधिको विस्तारसँगै युवापुस्तामा नयाँ सोच र नवप्रवर्तनको ऊर्जा बढ्दै गएको छ। को सार्वजनिक घोषणा त्यही उत्साह र आत्मविश्वासको प्रतिफलका रूपमा हेरिएको छ।
स्वदेशी प्रविधि विकास, डिजिटल उद्यमशीलता र सिर्जनशील अभिव्यक्तिलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ल्याइएको यो प्लेटफर्मले नेपाली डिजिटल बजारमा नयाँ प्रतिस्पर्धा, सम्भावना र अवसरको ढोका खोल्ने विश्वास गरिएको छ।
डिजिटल युगमा ‘हजुर’ अब केवल सम्बोधन मात्र नभई, प्रविधिसँगै अघि बढ्ने आत्मनिर्भर नेपालको नयाँ पहिचान बन्ने संकेत देखिएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया