महाकाली प्रादेशिक अस्पताल लामो समय रिफरसेन्सका रूपमा रह्यो। यो अस्पताल कोभिड १९ को समयदेखि क्रमिक रुपमा सुधार गर्दै अगाडि बढेको छ। अस्पतालमा विशेषज्ञ चिकित्सक समेत ४० भन्दा बढी चिकित्सक सहित सयौंको संख्यामा स्वास्थ्य सेवा लगायतका कर्मचारी रहेका छन् ।
अस्पतालमा आउने बिरामीको चाप हेर्दा यही कर्मचारी र अहिलेसम्म सञ्चालनमा आएको शैया सङ्ख्या अभाव जस्तो देखिने गरेको अस्पताल स्रोत बताउँछ ।
यही अस्पतालको इमर्जेन्सीमा भने यही उपचार हुन सक्ने बिरामी समेत रिफर गर्ने गरेको नाम नखोल्ने शर्तमा अस्पतालका कर्मचारी र बिरामीका आफन्त बताउँछन्। केही बिरामी का आफन्त र अस्पताल स्रोतकै अनुसार अन्यत्र रिफर गर्दा यहाँबाट बाहिर पठाउनेहरूलाई केही कमिसन आउने भएका कारण बताउँछन् ।
दुर्घटनामा परिमुखमा चोट लागेका एकजना बिरामी मङ्गलबार साँझ करिब ७ बजे अस्पतालमा आएर उपचार सुरु हुन्छ। इमर्जेन्सी कक्षमा उहाँको केही उपचार गरिसकेपछि बाहिर पठाइन्छ। किन बाहिर पठाएको भनेर त्यही उपस्थित एकजनालाई सोध्दा उहाँले सिटी स्क्यान गर्नुपर्ने भएका कारण अन्यत्र पठायो यहाँ सिटी स्क्यान अहिले उपलब्ध छैन भन्नुभयो ।
समृद्धि पोष्टले सोही समयमा इमर्जेन्सी कक्ष नजिक रहेको सिटी स्क्यान कक्ष तर्फ खोजी गर्दा सिटी स्क्यान गर्ने कर्मचारी उपलब्ध देखिए उहाँलाई सिटी स्क्यान हुँदैन भनेर सोध्दा उहाँले आफूलाई निर्वाचनमा खटाइएको भएपनि आकस्मिक केही परि आए भनेर यतै आएको अर्को एकजना स्टाफ सिटी स्क्यानको लागि स्टेन्ड बाइ तयार रहेर बसेको बताउनुभयो ।
तर यता सिटी स्क्यान गरिएन यसै विषयमा बुधबार अस्पतालका प्रमुख डक्टर जगदीश जोशी सँग भेटेर सिटी स्क्यान नगरिकन रिफर गरिएको विषयमा सोध्दा बहाले उक्त बिरामीलाई न्यूरो सर्जन कन्सर्टेसन पनि चाहिने र उक्त समयमा सिइ सिटी उपलब्ध हुन सकेको थिएन र त्यसका लागि रिफर गरिएको बताउनुभयो ।
इमर्जेन्सी का प्रमुख भनिएका व्यक्ति नै ड्रेस र परिचय पत्र बिना ड्युटीमा
अस्पतालको इमर्जेन्सी कक्षमा बिरामी आफन्तकालीन अवस्थामा पुग्ने हुन्छ। यसरी आएका बिरामी र बिरामीका आफन्तलाई कुन स्वास्थ्यकर्मी हो वा होइन भनेर छुट्याउनका लागि पनि स्वास्थ्यकर्मी वा चिकित्सकको परिचयपत्र ड्रेस हुनु आवश्यक छ। मङ्गलबार साँझ समृद्धि पोष्टले भिडियो रेकर्ड गर्दाका बखत समेत केही कर्मचारीले ड्रेस नलगाएको र केही कर्मचारीले ड्रेस र परिचयपत्र समेत नराखेको देखिन्थ्यो भने बुधबार दिउँसो ड्युटीमै रहेको बताउने इमर्जेन्सीका प्रमुख बताउने एकजना कर्मचारी विदाका दिनहरूमा ड्रेस र परिचयपत्र नलगाए पनि हुने बताउँदै थिए।
यदि यसरी ड्रेस नलगाउने हो र परिचयपत्र नलगाउने हो भने यसको व्यवस्था किन गरियो ? सामान्यतया यो व्यवस्था सेवा दिने कर्मचारी लाई सेवा लिने सेवाग्राहीले सहजै चिन्न सकोस् र सेवा लिन सहज होस् भन्ने उद्देश्यले गरिएको हुन्छ ।
यस विषयमा अस्पतालका प्रमुख डाक्टर जोशीसँग सोध्दा उहाँले म आएदेखि नै सबै स्टाफहरूलाई ड्रेस अथवा कम्तीमा पनि आइडी कार्ड लगाएर बसिदिनु हुन पटकपटक मिटिङ पनि राखिरहेको यदि कसैले त्यस्तो गरिराखेको छन् भने कर्मचारीहरूलाई आवश्यक निर्देशन गर्ने आवश्यक के गर्नुपर्छ गर्छौं भन्नुभयो ।
सबैले आआफ्नो रीति अनुसार चाडपर्व मनाउन पाउने भए नै तर जिउभरि रङ दलेर उपचार कक्षमा प्रवेश गर्नुले बिरामीहरूलाई असर गर्छ कि भनेर रङ्गसहित इमर्जेन्सीमा कर्मचारीहरू प्रवेश गरेको कुरा हामीले राखेका थियौ यस विषयमा अस्पताल प्रमुख डाक्टर जोशीसँग सोध्दा उहाँले इमर्जेन्सी रूम भित्र होली मनाउने होइन हाम्रो राष्ट्रिय पर्व भएका हिसाबले कसैले टिका टालो गरी प्रवेश गरेका हुनसक्छन् अहिले मैले बुझ्दा भित्र भोलि मनाएको होइन बाहिर टिका टालो गरि भित्र आएको बताएको बताउनु भयो ।
यससँग सम्बन्धित भिडियोहरू निर्वाचन लगत्तै प्रसारणको प्रयास गर्नेछौ
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया