Samriddhipost
२०८२ फागुन २८ गते बिहिबार
ट्रेन्डिङ
२०८२ फागुन २८ गते बिहिबार

अर्थ मन्त्रालयले समयमा रकम नदिएपछि बिरामीले सेवा पाउन समस्या, निर्माण व्यवसायी समेत पीडित ।

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर जिल्लाका ५ लाख भन्दा बढी मानिसले विशेषज्ञ सहितको सेवा पाउने एउटा मात्रै अस्पताल हो।

यो अस्पतालमा दैनिक ९०० सम्म बिरामीले सेवा लिएको रेकर्ड छ। यस्तो रेकर्ड हेर्दा अस्पतालमा क्षमताभन्दा धेरै बिरामीहरू उपचार खोज्न आउने गरेका छन्। यी सबै बिरामीको ठिक ढंगले उपचार गर्नका लागि अस्पतालसँग विभिन्न किसिमको अभाव भएपनि मुख्य गरी भवनको समेत अभाव छ।

यही अभाव टार्नका लागि एउटा सुदूरपश्चिम प्रदेशकै स्तरीय मध्यको एउटा भवन बनेको छ। तर उक्त भवनमा संघीय सरकारको अर्थ मन्त्रालयले समयमा रकम भुक्तानी नगरिदिँदा अस्पतालले भवन पाउन सकेको छैन।

यो भवन अस्पतालले प्रयोग गर्न नपाउँदा थप बिरामीहरूलाई अस्पतालले सेवा दिन सकिरहेको छैन । 

काम गरिसक्दा समेत रकम नपाउँदा निर्माण व्यवसायी समस्यामा

 

२० करोड बढी लागतमा निर्माण भएको अत्याधुनिक भवन

२० करोड बढी लागतमा निर्माण गरिएको अत्याधुनिक भवन 

नेपालभर निर्माण भइरहने विभिन्न संरचनामा निर्माण व्यवसायीहरूले समयमा काम नगर्दा समस्या हुने गरेको देखिन्छ तर यहाँ यसको विपरीत निर्माण व्यवसायीले समय अगावै काम सम्पन्न गरेका छन् । यस्तोमा निर्माण व्यवसायी पुरस्कृत हुनु त परै जाओस् निर्माण व्यवसायीले निर्माण सम्पन्न गरिसकेको नौ महिनासम्म लगानी गरेको रकम समेत भुक्तानी पाएका छैनन्।

यस सम्बन्धि थप विवरण तलको भिडियोमा 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>