Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०३ गते मङ्गलबार

बहुला कुकुरले एकै दिन २८ जनालाई टोकेपछि भीमदत्तमा रेबिज खोप लगाइँदै ।
तस्बिर रेबिज विरुद्धको खोप लगाउँदै गरेका कर्मचारीहरू

बहुला कुकुरले मानिसहरूलाई टोक्दै हिँडेपछि भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा रेविज विरुद्धको खोप लगाउन थालिएको छ।
आइतबार बिहानैदेखि भीमदत्त नगरपालिका वडा २ लगायतका विभिन्न वडामा एउटै कुकुरले करिब २८ जना मानिसलाई टोकेपछि भीमदत्त नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुर सहकार्यमा सोमबारबाट सडकमा छाडा रहेका कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउन थालिएको छ।
दुवै कार्यालयको सहकार्यमा भीमदत्त नगरपालिका ४, १८ र ६ नम्बर वडामा गरी करिब ५२ कुकुरहरूलाई विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी दीर्घ कुमार स्वारले बताएका छन्।

यो खोप अभियान भीमदत्त नगरपालिकाका सबैजसो वडामा चार दिनसम्म लगाइने भीमदत्त नगरपालिकाका पशु चिकित्सक प्रविन महतले बताएका छन्। 
दुवै कार्यालयका कर्मचारीहरू दिर्घ स्वार,डा. प्रबिन महता, टेक सिह भाट, हर्क भाट, मनोज बिष्ट, सुरज कार्की, टेकेन्द्र कलौनी,
रबिन्द्र उपाध्याय, पदम सिह भाट, टेकेन्द्र रावल, घनश्याम जोशी
 बिबेक शाह खोप लगाउने कार्यक्रममा खटिएका छन्। 

आइतबार बिहानै वडा २ कार्यालय नजिकबाट  मानिसहरूलाई टोक्दै हिँडेको भेटिएको उक्त कुकुर भेटेरीनरीका कर्मचारी नेपाल प्रहरीको सहकार्यमा भीमदत्त नगरपालिका १ बाट नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको केही समयपछि कुकुरको मृत्यु भएको, उक्त कुकुरको रेबिज परीक्षण गर्नका लागि पठाइएको पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी दीर्घ कुमार स्वारले बताउनुभएको छ।
 
कुकुरले टोकेको लगत्तै भीमदत्त नगरपालिका वडा २ का कर्मचारीले समृद्धि पोष्टलाई कुकुरले टोक्दै हिँडेको भन्दै भिडियो फुटेज दिएपछि धेरै मानिसहरू सचेत भएका थिए ।

बेतकोट नगरपालिका र भीमदत्त नगरपालिकाको सीमा क्षेत्रमा कुकुर हिँडेको देखिन्छ। तर सँगै सीमा जोडिएको वेदकोट नगरपालिकाले भने यो समाचार तयार पार्दासम्म छाडा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने बारे तयारी गरिएको जानकारी प्राप्त छैन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>