Samriddhipost
२०८२ चैत ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०७ गते शनिबार

भेटेरिनरी अस्पतालले कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउँदै आ–आफ्ना कुकुरलाई खोप लगाउन आग्रह

खडक बहादुर काेलि/भीमदत्त नगरपालिका र भेटेरीनरि अस्पताल कञ्चनपुरको संयुक्त आयोजनामा  सप्ताह कार्यक्रम अन्तर्गत घरपालुवा तथा छाडा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइरहेको छ । चैत २ गतेदेखि सञ्चालन भइरहेको सप्ताह कार्यक्रममा १ सय ५१ कुकुरहरू लाई खोप लगाइएको भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख तथा पशु विकास निर्देशक डा. रशिन पाण्डेले बताएका छन् । केही दिन अगाडि बौला कुकुरले एकै दिनमा २८ भन्दा बढी मानिसलाई टोकेकोले हामीले यस सप्ताह व्यापी कार्यक्रमलाई तीव्र रुपमा घर, चोकचोक र समुदायमा गएर रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पतालका सूचना अधिकारी गणेश धामीले बताए, उनका अनुसार १ सय ५१ कुकुरलाई  रेबिज विरुद्धको खोप वडा नं ३,४,५, ६ र १८ मा अस्पतालको टोली गएर खोप लगाएको र अझै बाँकी रहेका कुकुरहरूलाई घर ,चोकचोक, समुदायमा  गएर खोप लगाउने उनले बताए । नगरपालिका, वडा प्रहरी कार्यालय र अस्पतालको सहकार्यमा दुईटा बौला कुकुरलाई नियन्त्रणमा लिएका थियौ । दुईटा मध्ये एउटा मरिसकेको र एउटा नगरपालिकाको खोरमा राखिएको उनले बताए ।
    डाक्टर रशिन पाण्डेका अनुसार बौला कुकुरले छातीमा टोके जीवाणु तुरन्त प्रवेश हुने र खुट्टामा टोके केही समयपछि लक्षण देखापर्ने भएकोले राम्रा कुकुरले वा बौलाएका कुकुरले जुनसुकै कुकुरले टोके पनि तुरन्त रेबिज विरुद्धको खोप लगाउनु पर्ने हुन्छ । केही दिन अगाडिदेखि बहुलाह कुकुरको विकबिकी भई 
धेरै मानिसहरूलाई टोकेकाले भेटेनरि अस्पतालमा पनि खोप लगाउन  कुकुर र बिरालोको संख्या दोब्बरले बढि  आउने गरेको भएको छ । डाक्टर पाण्डेका अनुसार विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म रेबिज लागेर मृत्यु हुने मानिसको मृत्युदर शुन्यमा झार्ने  योजना रहेको बताए २ गते बाट भीमदत्त नगरपालिका र भेटेरिनरी अस्पताल कञ्चनपुरको संयुक्त आयोजनामा सञ्चालन भइ रहेको रेबिज विरुद्धको आकस्मिक खोप कार्यक्रम एक हप्तासम्म सञ्चालन हुने भेटेरिनरी अस्पतालका अधिकृत दीर्घ कुमार स्वारले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>