Samriddhipost
२०८२ चैत ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०८ गते आइतबार

महाकाली अस्पताल अध्यक्षमा पदभार ग्रहण सँगै अध्यक्ष पन्तले कस्ता निर्णय गरे ?

महाकाली प्रादेशिक अस्पतालका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्तले आइतबार पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् ।
अस्पताल समिति अध्यक्षको कार्यकक्षमा पदभार ग्रहणपछि अध्यक्ष पन्तले असपतालका तीन स्थानमा गुनासो पेटिका राख्ने, सरसफाई र अस्पताल हाताभित्रको बैकिङ्ग सेवा नियमित सञ्चालन गर्ने निर्णय गरेका छन् ।

सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताल व्यवस्थापन समिति अध्यक्षमा पन्त सहित चार सदस्य नियुक्त गरेको थियो ।
गत चैतमा समितिका अध्यक्ष अध्यक्ष कृष्णानन्द भट्टको कार्यकाल सकिएको थियो । गत भदौको जेन जी आन्दोलन र त्यसपछि फागुन २१ गतेको निर्वाचनका कारण समिति पदाधिकारी नियुक्तिमा ढिलाई भएको थियो ।
समितिका नव नियुक्त अध्यक्ष पन्तले अस्पतालका सेवा सुविधाबारे सेवाग्राहीका गुनासो व्यवस्थापनका लागि गुनासो पेटिका राख्ने निर्णय गरिएको बताए ।
‘असपताल प्रशासन, व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मी जो सुकैका गुनासा भए पनि त्यो पेटीमा हालेर हामीलाई उपलब्ध गराउनु हुन्छ भन्ने उद्देश्य समिति अस्पतालका तीन स्थानमा गुनासो पेटिका राख्ने निर्णय गरेका छौ’ उनले भने ।
अस्पतालमा आउने सेवाग्राही र सरोकारवालाले शौचालय वा अन्य फोहरको दुर्गन्ध आभाष नहुने गरी सरसफाई गरी सफा सुग्घर असपताल बनाउन कार्यलाई प्राथमिकता दिइएको उनले बताए ।

‘हामी जो सुकै पनि असपतालभित्र पसेपछि केही कुराको दुर्गन्ध आउन भएन, स्वास्थ्य सेवा दिने ठाउँ हो, त्यहाँ सधैं सफा सुग्घर हुनु पर्छ भन्ने कुरालाई प्राथमिककता दिएर आज सरसफाईको निर्णय गरेका छौ’ अध्यक्ष पन्तले भने ।
सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको सहभागितामा अध्यक्ष पन्त सहित सदस्यले पदभार ग्रहण गरे ।
कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशी सहितले नव नियुक्त अध्यक्ष पन्त सहित सदस्यलाई स्वागत गरे ।
कार्यक्रममा प्रमुख सुपरिटेन्डेन्ट जोशीले अस्पतालको सेवा प्रवाह, समस्या र चुनौतीबारे जानकारी दिए ।
समिति अध्यक्षमा पन्त र सदस्यहरुमा कृष्ण बहादुर क्षेत्री कुँबर, प्रशान्त भट्ट, इन्द्र साउँद र पार्वती जोशी नियुक्त भएका हुन् ।

समितिका नव नियुक्त अध्यक्ष पन्त भीमदत्त नगरपालिका १८ का वासिन्दा हुन् । उनी २०७९ को स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । साउथ पुनः दोस्रो कार्यकालका लागि सदस्यमा नियुक्त भएका हुन् । 

६ दशक अघि २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ शैयाको स्वीकृत भएपछि जिल्ला जिल्ला अस्पताल भएको थियो ।
त्यसपछि २०४३ महाकाली अञ्चल अस्पताल र २०७८ सालमा सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पतालमा स्तरोन्नति गरेको थियो ।
सुदूरपश्चिम सरकारका तत्कालिक सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले महाकाली अस्पताललाई प्रादेशिक बनाउने पहिलो निर्णय गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>