Samriddhipost
२०८२ चैत १० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १० गते मङ्गलबार

आदर्श गाउँपालिकामा जीप दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु
सांकेतिक फाइल तस्बिर

डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीमा अनियन्त्रीत भइ दुर्घटना भएको हो ।
आज बिहान डेढ बजेतिर भएको उक्त दुर्घटनामा परी आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउले बस्ने जीप चालक वर्ष अन्दाजी २२ को सुबोध रोकाया र सोही ठाउँका अन्दाजी बर्ष १९ को कैलाश बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गए राती करिब साढे बाह्र बजेतिर दुर्घटना भएको र करिब १ बजेतिर स्थानियले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो ।
घटनास्थलमा पुगी जिपको खोजतलास गर्दा सडकबाट अन्दाजी ९ सय मिटर तल साईली खोलामा मृत अवस्थामा फेला परेका र मृतक दुबै जनाको लाश घटनास्थलबाट सडक सम्म ल्याउने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>