Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ११ गते बुधबार

अपी क्षेत्रलाई खेल पर्यटनको विश्वनक्शामा चिनाउने सपनाको शुभारम्भ

अपिहिमाल गाउँपालिकाले सम्तेली चौडमा निर्माण गर्न लागिएको हाईअल्टिच्यूड एडभेन्चर पर्यटन क्रिकेट रंगशालाका लागि ठेकेदार छनोट गरी औपचारिक सम्झौता गरेको छ। करिब ७ करोड रुपैयाँ लागतमा निर्माण हुने यो परियोजना गाउँपालिकाकै लगानीमा अघि बढाइएको हो।

समुद्र सतहदेखि उच्च उचाइमा बन्ने यो रंगशालालाई नेपालकै साहसिक र सम्भावनायुक्त क्रिकेट पूर्वाधारमध्ये एकका रूपमा हेरिएको छ। रंगशाला निर्माणले अपिहिमाल क्षेत्र लाई ‘हाई अल्टिच्युड स्पोर्ट्स डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले उक्त परियोजना गाउँपालिकाको गौरवसँग जोडिएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनले स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार रंगशाला निर्माणले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।
“यो रंगशाला हाम्रो गौरवको परियोजना हो, अपी क्षेत्रलाई खेल पर्यटनको विश्वनक्शामा चिनाउने हाम्रो साझा सपना हो,” अध्यक्ष बोहराले भन्नुभयो। ठेकेदार कम्पनीलाई यथाशीघ्र निर्माण कार्य सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्न गाउँपालिकाले निर्देशन दिएको छ। पछिल्लो समय नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतासँगै हिमाली क्षेत्रमा यस्तो पूर्वाधार निर्माण हुनु महत्वपूर्ण कदम मानिएको छ।
गाउँपालिकाले भविष्यमा यस रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्यसमेत राखेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>