Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत १४ गते शनिबार

मध्यरातमा दाउन्ने बस दुर्घटनामा दुईजनाको मृत्यु १९ बढी घाइते

काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको यात्रुबाहक बस र ट्रक ठोक्किँदा नवलपरासीको दाउन्ने क्षेत्रमा गम्भीर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घटनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दघाटका डीएसपी कृष्णप्रसाद डाँगीका अनुसार दुर्घटनामा कम्तीमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ भने १९ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएको छ ।

प्रहरीका अनुसार लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करको प्रभावले दुवै सवारी नियन्त्रण बाहिर गई खोलामा खसेका हुन् ।

दुर्घटनामा मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>