सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला स्थित महाकाली प्रादेशिक अस्पतालले आफ्नो सेवा समय परिमार्जन गरेको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ चैत्र २२ गते को निर्णयअनुसार अस्पतालले आकस्मिक र २४ घण्टे सेवा बाहेकका अन्य सेवाहरू शनिबार र आइतबार बन्द रहने जनाएको छ।
अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार ओपीडी (OPD) सेवा भने सोमबारदेखि शुक्रबारसम्म नयाँ समय तालिकाअनुसार सञ्चालन गरिनेछ। सेवाग्राहीहरूको सुविधा र व्यवस्थापनलाई ध्यानमा राख्दै समय तालिका परिमार्जन गरिएको अस्पतालले जनाएको छ।
नयाँ सेवा समय तालिका:
Morning Conference: बिहान ८:०० देखि ९:३० बजेसम्म
पहिलो चरणको टोकन वितरण: बिहान ९:३० देखि १२:०० बजेसम्म
पहिलो चरण ओपीडी जाँच: बिहान ८:०० देखि दिउँसो १२:३० बजेसम्म
ब्रेक समय: दिउँसो १:०० देखि २:०० बजेसम्म
दोस्रो चरण टोकन वितरण: दिउँसो २:०० देखि २:३० बजेसम्म
दोस्रो चरण ओपीडी जाँच: दिउँसो २:०० देखि ३:०० बजेसम्म
ओपीडी बिरामी चेकजाँच: बिहान ९:३० देखि दिउँसो १:००
बजेसम्म तथा दिउँसो २:०० देखि ५:०० बजेसम्म
EHS (Extended Health Service): दिउँसो ३:०० बजेपछि
अस्पतालका निर्देशक डा. जगदीश जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध गरिएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया