Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १६ गते शनिबार

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल विनायक नगरपालिका–४ मा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका दुई जनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो ।
दुवै जनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये चालकसहितको अवस्था पनि गम्भीर छ ।
घाइतेहरुमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था पनि गम्भीर रहेको छ । उनीहरुको पनि सुर्खेतमै उपचार भइरहेको छ ।
घाइते भएका स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>