Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ २० गते बुधबार

कैलालीको धनगढी–४ स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा सनम बिकको मृत्यु भएपछि उत्पन्न विवाद अन्ततः सहमतिमै टुंगिएको छ। मृतक परिवार र अस्पताल प्रशासनबीच भएको छलफलपछि अस्पतालले २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको पिडित पक्षले बताइएको छ। 

टनसिलको शल्यक्रियापछि पुनः रगत बगेका कारण अस्पताल भर्ना गरिएकी सनमको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाएका थिए। घटनापछि अस्पताल र परिवारबीच पटक–पटक वार्ता भएको थियो।
अन्ततः दुवै पक्षबीच २२ लाख रुपैयाँ क्षतिपूर्तिसहित सहमति भएपछि विवाद साम्य भएको बताइएको छ। 
घटनाबारे उठेका प्रश्न र आरोपहरू भने सार्वजनिक चासोको विषय बनेका छन्। यद्यपि आर्थिक क्षतिपूर्तिसहितको सहमतिपछि विवाद अन्त्य भएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>