Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
२०८३ असार ३१ गते बुधबार

सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त, कांग्रेस नेतृत्वमा टिक्ला सरकार ?
फाइल तस्बिर

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् ।
यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए ।

एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

यस्तै कर्णाली प्रदेशमा पनि एमालेका चार मन्त्रीले राजीनामा दिएका छन्।

कांग्रेसभित्रै समेत असन्तुष्टि भएर विगतमा अविश्वासको प्रस्ताव समेत लगिएको थियो। यस्तो अवस्थामा कांग्रेसका मन्त्रीहरू परिवर्तन गरी थामथुम पारिएकामा अहिले एमालेले समेत सरकारलाई साथ नदिएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । यो सँगै प्रदेश सरकारको भविष्य कसको हातमा पुग्ने भन्ने अन्योलता बढेको छ । सुदूरपश्चिम सरकारले यसैकारण अहिलेसम्म बजेट समेत पास गर्न सकेको छैन।

 

 

 

 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>